ट्वीटरले ईयु डिसइनफरमेसन कोड छोड्दै



 

ट्वीटरले युरोपेली सङ्घको  डिसइनफरमेसन कोड छोड्ने निर्णय गरेको छ । एक स्वैच्छिक सम्झौताअनुसार प्रमुख सामाजिक प्लेटफर्म एकसाथ समूह बनाउँदा यसका दायित्व रहन्छन् र त्यसको पालना हुनुपर्छ, ईयु उद्योग आयुक्त थियरी ब्रेटनले शनिबार ट्वीटमा उल्लेख गरेका छन् ।

सन् २०१८ मा शुरु गरिएको ईयुको डिसइन्फर्मेसनको अभ्यास कोडले मेटा, गुगल, ट्विटर, माइक्रोसफ्ट र टिकटकजस्ता क सामाजिक सञ्जालसहित लगभग तीन दर्जन हस्ताक्षरकर्तालाई समावेश गरेको थियो ।

त्यसबेला कोड प्रयोगकर्ताले तथ्य–जाँचकर्तासँग विकृति वितरण गर्ने संरचनालाई बढावा नगर्ने जस्ता तीन दर्जनभन्दा बढी प्रतिज्ञा गरेका थिए । आफूले प्रतिज्ञा गरेका कुराको पालना गर्नु आवश्यक हुन्छ तर एलन मस्कले ट्वीटरको स्वामित्व लिएपछि प्रतिज्ञाको पालनामा अनुदार रहेका पाइन्छन् ।

युरोपेली आयोगका एक अधिकारीले भनेका थिए, ‘यदि (एलोन मस्क)ले कोडलाई गम्भीरतापूर्वक लिएनन् भने उनले राजीनामा दिनु राम्रो हुन्छ ।’

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
गाजा युद्धले विश्व अर्थतन्त्रमा भावनात्मक प्रभाव परेको साउदी अरबको भनाइ

इजरायल र हमासबीच जारी युद्धले विश्वव्यापी आर्थिक भावनामा पारेको असरबारे सङ्केत गर्दै साउदी

टेस्लाका सिइओ एलन मस्क चीनमा

  अर्बपति तथा टेस्लाका प्रमुख कार्यकारी (सिइओ) एलन मस्क आइतबार छलफलका लागि चीन

दुबईद्वारा ‘विश्वको सबैभन्दा ठूलो’ विमानस्थलको टर्मिनल निर्माण सुरु

  अल मकतुम अन्तर्राष्ट्रिय विमानस्थलमा नयाँ टर्मिनलको काम सुरु भएको दुबईले आइतबार घोषणा

पुटिनले नाभाल्नीलाई जेलमा मृत्युदण्ड दिन आदेश नदिएको अमेरिकी गुप्तचर निकायको दाबी

अमेरिकी गुप्तचर निकायले विपक्षी नेता एलेक्सी नाभाल्नीको मृत्युका लागि रूसी राष्ट्रपति नै जिम्मेवार