युक्रेनसँग सम्झौता नभए रुसमाथि थप प्रतिबन्ध लगाउन सक्ने ट्रम्पको भनाइ



 

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा युद्ध अन्त्य गर्न सम्झौता गर्न अस्वीकार गरेमा रुसमाथि नयाँ प्रतिबन्ध लगाउन सक्ने सङ्केत गरेका छन् ।

रुसी राष्ट्रपति वार्तामा नआएमा अमेरिकाले मस्कोमाथि थप प्रतिबन्ध लगाउने हो कि भनेर सोधिएको प्रश्नमा ह्वाइट हाउसमा पत्रकारहरूलाई ट्रम्पले भने, “यस्तो हुनसक्ने सम्भावना छ ।”

ट्रम्पले पदभार ग्रहण गरेपछि तुरुन्तै युक्रेन युद्ध अन्त्य गर्ने प्रतिज्ञा गरेका थिए । यसबाट उनले रुसलाई सहुलियत दिन किएभलाई बाध्य बनाउनका लागि सहयोगको लाभ उठाउने अपेक्षा बढेको थियो । रुसले सन् २०२२ फेब्रुअरीमा युक्रेनमाथि आक्रमण गरेको थियो ।

पुटिनप्रति असामान्य आलोचनात्मक टिप्पणी गर्दै ट्रम्पले रुसी राष्ट्रपतिले सम्झौता गर्नुपर्ने बताए । “मलाई लाग्छ उहाँले सम्झौता नगरी रुसलाई नष्ट गरिरहनुभएको छ”, उनले भने ।

युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले आफूलाई युद्ध अन्त्य गर्न शान्ति सम्झौता चाहेको बताएको ट्रम्पले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
पाकिस्तानमा भएको भिडन्तमा चार सैनिक र १५ विद्रोहीको मृत्यु

इस्लामावाद । पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा (केपी) प्रान्तमा छुट्टाछुट्टै कारबाहीमा चार सैनिक र

भारतमा दुई छुट्टाछुट्टै दुर्घटनामा १४ जनाको मृत्यु

नयाँदिल्ली । उत्तर प्रदेशको प्रयागराज जिल्ला नजिकै विपरित दिशाबाट आउँदै गरेको बस गाडीसँग

फिलिपिन्समा डेङ्गुको प्रकोप

मनिला । फिलिपिन्सको राजधानी मनिलाको सबैभन्दा बढी जनसङ्ख्या भएको क्वेजोन नगरमा डेङ्गुको प्रकोप

युक्रेन र रूसबीचको युद्ध शान्तिका साथ अन्त्य हुने स्कोल्जको दाबी

म्यूनिख । जर्मनीका चान्सलर ओलाफ स्कोल्जले युक्रेनको सार्वभौमिकता सुरक्षित भएमा मात्र युक्रेन र