एनपीएलमा सुदूरपश्चिम रोयल्सको पहिलो जित


काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल)को मा सुदूरपश्चिम रोयल्सले पहिलो जित निकालेको छ । बुधबार त्रिवि क्रिकेट मैदानमा भएको खेलमा सुदूरपश्चिमले पोखरा एभेन्जर्सलाई ६ विकेटले पराजित गरेको हो । 

पोखराले दिएको १४६ रनको लक्ष्य सुदूरपश्चिमले १६ ओभर ५ बलमा चार विकेट गुमाएर पूरा गर्यो । यसअघि उद्घाटन खेलमा लुम्बिनी लायन्ससँग सुदूरपश्चिम सात विकेटले पराजित भएको थियो।

सुदूरपश्चिमको जितमा कप्तान दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ५१ रन बनाए ।  उनले ३६ बलमा अर्धशतक पूरा गरेका हुन् ।  इशान पाण्डेले ३७ तथा ब्रान्डन म्याकमुलेनले २२ रन बनाए । पोखराका धनञ्जय लक्षण, मेहदी हसन र साकिब अल हसनले १÷१ विकेट लिए।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पोखराले निर्धारित २० ओभरमा सात विकेट गुमाएर १४५ रन बनाएको थियो ।