काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) मा पोखरा एभेन्जर्सले सुदूरपश्चिम रोयल्ससामु १४६ रनको लक्ष्य दिएको छ ।
बुधबार त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको पोखराले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १४५ रनको योगफल तयार पारेको हो ।
पोखराका लागि अर्जुन घर्ती ४० रनमा अविजित रहे । २५ बल खेलेका घर्तीले ४ चौका र १ छक्का प्रहार गरे । ओपनर मेहेदी हसनले ३२ र कप्तान कुशल भुर्तेलले २१ रन जोडे ।
मेहेदीले २१ बलमा ४ चौका र १ छक्का प्रहार गर्दा भुर्तेलले १७ बल खेल्दै २ चौका प्रहार गरे । यस्तै, साकिब अल हसन १४ र धनन्जय लक्षणले ११ रनको योगदान दिए । १६ बल खेलेका साकिबले १ चौका प्रहार गरे । अन्य ब्याटरले भने दोहोरो अंकमा रन जोड्न सकेनन् ।

प्रतिक्रिया