जापानमा बर्ड फ्लुको सङ्क्रमणमा वृद्धि



टोकियो । जापानमा एभियन इन्फ्लुएन्जाको प्रकोप बढ्दै गएको छ। उक्त प्रकोपले गर्दा यस महिना झण्डै ५० लाख कुखुरा र अन्य चराहरूको मृत्यु भएको छ।

कृषि तथा वन मन्त्रालयले यस हप्ता मोरियोका शहरका दुई कुखुरा फार्महरूमा नयाँ प्रकोपको पुष्टि गर्‍याे । साथै, यस महिना २६ प्रकोप साइटहरू पहिचान गरिएको छ, जसमा करिब ५० लाख चराहरू प्रभावित छन्।

मन्त्रालयले उक्त प्रकोपले गर्दा अण्डाको मूल्यमा पनि प्रभाव परेको उल्लेख गरेको छ, जुन वर्षको सुरुदेखि नै १५ प्रतिशतले बढेको छ। केही उद्योग पर्यवेक्षकहरूले सम्भावित आपूर्ति अभावको बारेमा चिन्ता व्यक्त गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
अफगानिस्तानमा बैंक बाहिर आत्मघाती बम विस्फोट, पाँच जनाको मृत्यु

काबुल । उत्तरी अफगानिस्तानको एउटा बैंक बाहिर मङ्गलबार भएको विस्फोटमा एक आत्मघाती बम

सवारी दुर्घटनामा भारतमा सात जनाको मृत्यु

नयाँदिल्ली । भारतको मध्य प्रदेशमा मङ्गलबार सिमेन्ट बोकेको ट्रकसँग गाडी ठोक्किँदा ७ जनाको

उत्तर कोरियाले रुसलाई लामो दूरीको तोपखाना दिएको सियोलको भनाइ

सियोल । मस्को र प्योङयाङबीच सैन्य सम्बन्ध गहिरिँदै जाँदा उत्तर कोरियाले रुसलाई दुई