जासुसी गर्न विश्वका ५० हजार जनाको फोन नम्बरमा पेगास सफ्टवेयरमा



इजरायलको एउटा कम्पनीले निरङ्कुश सरकारहरूलाई बेचेको फोन मालवेयरबाट विश्वभरि अधिकारकर्मी, पत्रकार र वकिललाई लक्षित गरिएको मिडिया रिपोर्टहरूले जनाएका छन् ।

एनएसओ नाम गरेको कम्पनीका ग्राहकहरूको स्वार्थ रहेको ठानिएका ५० हजार जनाको फोन नम्बरमा उक्त स्पाइवेअर रहेको विवरण प्रमुख सञ्चार माध्यमहरू समक्ष चुहाइएको छ । त्यो विवरण कहाँबाट आयो वा कसको फोन वास्तवमा ह्याक गरिएको छ भन्ने कुरा भने स्पष्ट भइसकेको छैन । एनएसओले भने आफूले गलत कार्य नगरेको जनाएको छ ।

उसले उक्त स्फटवेयर राम्रो मानव अधिकारको अवस्था भएका देशहरूमा आपराधिक क्रियाकलापमा संलग्न व्यक्ति वा आतङ्कवादी प्रति लक्षित गरेर प्रयोग गर्नका लागि सेना, कानुन पालना गराउने निकाय अनि खुफिया निकायहरूलाई मात्रै उपलब्ध गराएको जनाएको छ ।

पेगासस स्फटवेयरको प्रयोगबारे समाचार आइतबार द वासिङ्टन पोस्ट, द गार्डीअन र ले मोन्डे सहित विश्वभरका १४ अन्य संस्थाहरूले छापेका थिए ।

पेगाससले आइफोन वा एन्ड्रोइड डिभाइसबाट मेसेज, तस्बिर र इमेल हेर्न अनि कल रेकर्ड गर्न र गोप्य रूपमा माइक्रोफोन चालु गर्न सहयोग गर्छ । उक्त स्फटवेयरबाट निगरानीमा राखिएकाहरूको सूचीमा समाचार संस्था एएफपी, सीएनएन, द न्यूयोर्क टाइम्स र अलजजीरा सहित कैयौँ समाचार संस्थाका झन्डै १८० पत्रकारहरू रहेको बताइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
अफगानिस्तानलाई विश्व बैंकबाट ८४ मिलियन सहयोग

  अफगानिस्तानले देशमा चलिरहेको मानवीय सङ्कटको बीचमा विश्व बैंकबाट ८४ मिलियन अमेरिकी डलर

इजरायलद्वारा गाजाको उत्तरी क्षेत्रमा खाद्यान्न पठाउन सहजता

    इजरायलले अक्टोबर ७ मा सुरु भएको विनासकारी युद्धको श्रङ्खलापछि रोकिएको इजाज

सूचना प्रविधिको विकासमा क्रियाशील व्यक्ति तथा संस्था पुरस्कृत

काठमाडौँ । सरकारले सूचना प्रविधि क्षेत्रको विकास र विस्तारमा महत्त्वपूर्ण योगदान दिने संस्था

इरानको सुरक्षा फौजले प्रदर्शनमा सहभागी किशोरीको यौन उत्पीडनपछि हत्या गरेको दस्ताबेज फेला

बीबीसी । इरानमा लागु गरिएको महिलाको पोसाकसम्बन्धी नियमको विरोध प्रदर्शनमा क्रममा १६ वर्षे