इरानको सुरक्षा फौजले प्रदर्शनमा सहभागी किशोरीको यौन उत्पीडनपछि हत्या गरेको दस्ताबेज फेला



बीबीसी । इरानमा लागु गरिएको महिलाको पोसाकसम्बन्धी नियमको विरोध प्रदर्शनमा क्रममा १६ वर्षे निका एकाएक गायब भइन् । इरानका सुरक्षा फौजले यौन उत्पीडनपछि ती किशोरीको हत्या गरेको हालै खुलासा भएको दस्ताबेजमा उल्लेख छ।

यो दस्ताबेज सुरक्षा फौजले नै लेखेको बुझिएको छ । उनी सन् २०२२मा भएको सत्ताविरोधी विरोध प्रदर्शनबाट गायब भएकी थिइन् । उनको शव नौ दिनपछि फेला परेको थियो।

इरानी सरकारले उनले आत्महत्या गरेको दाबी गरेको थियो । उक्त दस्ताबेजमा भएको आरोपबारे इरान सरकार र उसको रेभलूशनरी गार्ड्ससमक्ष प्रश्न राखेका थियौँ। उनीहरूले त्यसको जबाफ दिएका छैनन् ।

‘अति गोप्य’ लेखिएको उक्त प्रतिवेदनमा इस्लामिक रेभलूशनरी गार्ड्स कोर (आईआरजीसी)ले निकाको मुद्दामा गरेको सुनुवाइको सारांश प्रस्तुत गरिएको छ। यो सुरक्षा फौजले उक्त मुलुकको इस्लामिक संस्थापनको बचाउ गर्छ।

प्रतिवेदनमा उनका हत्याराहरू र त्यो सत्य लुकाउन प्रयत्न गरेका वरिष्ठ कमान्डरहरू भन्दै केही नाम पनि उल्लेख छ । त्यसमा एउटा गोप्य भ्यानको पछाडि भएको घटनाको विचलित पार्ने किसिमका विवरण छन्।

उक्त गाडीमा सुरक्षा फौजले निकालाई नियन्त्रणमा राखेका थिए । एकजना पुरुषले उनीमाथि बस्दै यौन दुर्व्यवहार गरेको थियो । हत्कडी लगाइएको र रोकिएको भए पनि उनले लात्तीले हान्दै र गाली गर्दै त्यसको प्रतिरोध गरेकी थिइन् । हाल आधिकारिक इरानी दस्ताबेजका कैयौँ नक्कली प्रतिहरू सम्प्रेषण भइरहेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
उत्तरी गाजामा पाँच इजरायली सैनिकको मृत्यु

  इजराइली सेनाले  उत्तरी गाजा पट्टीमा पाँच जना सैनिक मारिएका बताएको छ ।

गोली प्रहारबाट घाइते स्लोभाकका प्रधानमन्त्रीको अवस्था ‘चिन्ताजनक’

  स्लोभाक प्रधानमन्त्री रोबर्ट फिकोको अवस्था स्थिर तर अहिले पनि ‘अत्यन्त चिन्ताजनक’ रहेको

तोसिबाले जापानमा चार हजार रोजगारी कटौती गर्ने

  समस्याग्रस्त जापानी औद्योगिक कम्पनी तोसिबाले बिहीबार पुनरसंरचना कार्यक्रमको हिस्साका रूपमा आन्तरिकरूपमा चार

सी र पुटिनद्वारा अराजक संसारमा सम्बन्धलाई ‘स्थिरता दिने’ शक्तिका रूपमा प्रशंसा

  नेताहरू सी जिनपिङ र भ्लादिमिर पुटिनले बिहीबार बेइजिङमा भएको भेटमा अराजक संसारमा