इजरायल, हमास र हेजबुल्लाहको सवाल



केशवप्रसाद भट्टराई ।
१. गएराति मनमा अनेक प्रश्न उठ्ने क्रममा एउटा प्रश्न उठ्यो भगवानको सृष्टिमा के मानिस सबैभन्दा सचेत र श्रेष्ठ प्राणी हो ? कि मानिस सृष्टिका सबैभन्दा क्रूर, कृतघ्न, परपीडक, आफ्नो स्वार्थ र आफ्नो अहङ्कारको रक्षाको लागि अर्काको जस्तोसुकै अहित र अपमान गर्न सक्ने हुनुका साथै मनमा कुरा एउटा, भन्ने कुरा अर्को र व्यवहार अर्को गर्नसक्ने एकमात्र पापी र कपटी जीव हो ? मेरो विचारमा त अपवादको अवस्थामा बाहेक हो !

२. प्रश्न योपनि आयो हामी राष्ट्र र देश, प्रजातन्त्र, न्यायका मूल्य र आदर्शप्रति इमान्दार छौँ ? छौँ भने किन यस्तो ?
छैनौ भने हाम्रा लागि राज्यको औचित्य के ? मध्यपूर्वमा इजरायलीहरू एउटा पर्वमा रमाइलो गरिरहेका थिए–एउटा वैधानिक राज्य संरक्षित आतंककारी संगठनले एकाएक हजारौँको हत्या गर्यो, घाइते बनायो, निर्दोष नागरिकहरूलाई बन्धक बनायो–बनाइरहेकै छ । गाजामा उक्त राष्ट्र वा इरानले हमास नाउको एउटा संगठन खडा गरेर त्यहाँको वैधानिक सत्ता विस्थापित गरेर आफैंले अवैधानिक सरकार चलाइरहेको थियो ! संसार हेरेकोहेर्यै गरेर बसिरह्यो !

३. लेवनानमा त्यसैगरी इरानले हेजबुल्लाह खडा गर्यो, यमनमा हुथी खडा गर्यो । अन्य मुलुकमा आतंककारी संगठन. खडा गरेर –त्यहाँको वैधानिक सरकार विस्थापित गरेर आतंककारीहरूको अवैध सरकार स्थापना गरेर उसलाई अर्को मुलुक विरूद्ध आतंककारी आक्रमण गर्न अत्याधुनिक हतियार र चाहिए जति पैसा र प्रशिक्षण दिएर तयार पार्ने इरान विरूद्ध सिंगो विश्व एक हुनुपर्ने हो । सुरक्षा परिषदले इरान विरूद्ध बहुराष्ट्रिय सेना खटाउनु पर्ने हो । हमास र हेजबुल्लाहलाई निशस्त्र बनाउनु पर्ने हो । तर आफ्नो आत्मरक्षाको लागि इरानको क्रूर र अनिर्वाचित धार्मिक सत्ताद्वारा पालित –पोषित हमास र हेजबुल्लाहहरूको सैनिक अड्डामा आक्रमण गर्दा इजरायल दोषी रे !

४ . हाम्रातिर पनि इजरायलविरूद्ध कथा हाल्ने जमात बढ्दैछन् । तर त्यो जमात पनि कुनै समय हत्या, हिंसा र आतंकको बलमा राजनीतिमा आउने वा उनीहरूसँग राजनीतिक मोलतोल गरेर. आफ्नो सत्तारोहण को मार्ग बनाउने, त्यहाँ टिकिरहने र सत्ताकब्जा गर्नेहरूकै बोलबाला भएको बेलामा हमास र हेजबुल्लाहलाई आफ्नो मान्ने भीड हुने नै भयो ।
मारिनेको र पीडित पक्षको नभएर पीडक पक्षको मानवाधिकारको पक्षमा देश र विदेशमा लडिरहेका हाम्रा मानव अधिकारवादीहरू र गैसरकारी संस्था, मिडिया र नागरिक समाज पनि हमास र हेजबुल्लाहका समर्थक देखिएका छन् ।

५. स्मरणीय छ इजरायली अर्थात् यहुदीहरूको मूल थाकथलो इजरायल,हालको इजरायल,सिरिया,जोर्डान नै हो । इशापूर्व एक हजार पाँच सय वर्ष अघि देखि ऊनीहरू त्यहाँ छन् ।

इजरायलकै जेरुसेलममा जिजस क्राइस्ट जन्मिएका हुन् । प्यालिस्टिनीहरू पनि इशापूर्व १२०० देखि सिरिया, जोर्डन, गाजा, सिनाई र वर्तमान इजरायलको केही भागमा रहँदै आएका थिए । त्यो क्षेत्रमा आफ्नो स्वतन्त्र राज्य कायम गर्ने आधिकार प्यालेस्टिनीहरूको पनि छ तर त्यसको लागि इजरायलका साथै सिरिया, जोर्डन र इजिप्टको मातहतको सिनाई प्रायद्वीप समेतबाट प्यालेस्टाइन राज्य खडा हुनुपर्ने हो तर इजरायलकै भूमिबाट मात्र स्वतन्त्र प्यालेस्टाइन राज्य हुनुपर्ने मुस्लिम राज्यहरुका कारण प्यालेस्टाइन समस्या जस्ताको तस्तै छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सुदूरपश्चिम प्रदेश विपद् व्यवस्थापन गुल्ममा कार्यरत प्रहरी जवानद्वारा आफैंमाथि गोली प्रहार

सुदूरपश्चिम । कञ्चनपुरमा एकजना प्रहरी जवानले आफैंलाई गोली हानेका छन् । सुदूरपश्चिम प्रदेश

एमाले नेता ऐन महरविरुद्धको बलात्कार मुद्दाको अनुसन्धान अघि बढाउन उच्च अदालतको आदेश

काठमाडौं । नेकपा एमालेका नेता ऐन महरविरुद्ध बलात्कार मुद्दाको अनुसन्धान अघि बढाउन उच्च

सशस्त्र प्रहरी जवान १६ वर्षमा अवकाशमा जान पाउने प्रावधानलाई कानुनमा समावेश गर्छौंः गृहमन्त्री लेखक

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले सीमाको सुरक्षा र अवैध गतिविधि रोकथाम, विपद् व्यवस्थापन

रविलाई परिवारको जिम्मा लगाउन आदेश, थुनछेक बहस बिहीबार

बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई अदालतले बिहीबार उपस्थित हुने सर्तमा