एमाले नेता ऐन महरविरुद्धको बलात्कार मुद्दाको अनुसन्धान अघि बढाउन उच्च अदालतको आदेश



काठमाडौं । नेकपा एमालेका नेता ऐन महरविरुद्ध बलात्कार मुद्दाको अनुसन्धान अघि बढाउन उच्च अदालत पाटनले परमादेश जारी गरेको छ ।

बुधबार न्यायाधीशद्वय ब्रजेश प्याकुरेल र कृष्णराम कोइरालाको इजलासले पीडितले दिएको जाहेरी तत्काल दर्ता गरी महरविरुद्ध अनुसन्धान अघि बढाउन प्रहरी र सरकारी वकिलका नाममा परमादेश जारी गरेको हो । महरविरुद्ध अनुसन्धानको माग गर्दै पीडित महिलाले काठमाडौँ प्रहरी परिसरमा जाहेरी दिएकी थिइन् ।

तर जाहेरीमा अनुसन्धान नै नगरी प्रहरीले तामेलीमा राखिदिएपछि पीडितले उच्च अदालतमा रिट दायर गरेकी थिइन् ।

पीडितको मागबमोजिम उच्च अदालतले अनुसन्धान अघि बढाउने परमादेश जारी गरेको हो । महर एमाले केन्द्रीय सदस्य हुन् भने अनेरास्ववियुका पूर्वअध्यक्ष हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
रूकुम पूर्वको भूमेमा आठ महिने नाबालकसहित दुईको हत्या, आरोपीको पनि भीरबाट लडेर मृत्यु

  त्रिवेणी (रूकुम पश्चिम) । रूकुम पूर्वको भूमे गाउँपालिका–४ को साकिममा आठ महिने

सामाजिक सञ्जालसम्बन्धी विधेयक जसरी पनि संसद्बाट पास गर्छौं : सञ्चारमन्त्री गुरूङ

काठमाडौं । सञ्चार तथा सूचनाप्रविधिमन्त्री पृथ्वीसुब्बा गुरूङले सामाजिक सञ्जाल नियमनसम्बन्धी विधेयक जसरी पनि

फागुन ४ गते बस्ने प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्रीसँग प्रश्न उत्तर

काठमाडौँ । आगामी फागुन ४ गते बस्ने प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीसँग प्रश्न उत्तर कार्यक्रम

माधव नेपाल र विप्लवसँग पार्टी एकताको कुरा भइरहेको छः अध्यक्ष प्रचण्ड

काँक्रेविहार (सुर्खेत)। नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले