सुदूरपश्चिम प्रदेश विपद् व्यवस्थापन गुल्ममा कार्यरत प्रहरी जवानद्वारा आफैंमाथि गोली प्रहार



सुदूरपश्चिम । कञ्चनपुरमा एकजना प्रहरी जवानले आफैंलाई गोली हानेका छन् । सुदूरपश्चिम प्रदेश विपद् व्यवस्थापन गुल्म कञ्चनपुरमा कार्यरत प्रहरी जवान वकिल विष्टले बुधबार राति आफैंलाई गोली हानेका हुन् ।

बुधबार बेलुका साढे आठ बजेको समयमा ड्युटी खटिएका बिष्टले आफैंमाथि राइफलको गोली हानेर गम्भीर घाइते भएका छन् । उनी हातहतियार राखिने स्थानमा ड्युटीमा रहेका थिए ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी उमेशराज जोशीले गोली विष्टको दाहिने कानभन्दा माथि लागेको र उनको अवस्था गम्भीर रहेको जानकारी दिए ।

घाइते जवान वि ष्टलाई उपचारका लागि महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पतालमा भर्ना गरिएको छ । यसअघि पुस १२ गते जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा कार्यरत प्रहरी जवान चक्रप्रसाद न्यौपानेले आफैँमाथि गोली हानेर आत्महत्याको प्रयास गरेका थिए । गम्भीर घाइते न्यौपाने अहिले उपचाररत छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
धनबहादुर वली लाओको राजदूत नियुक्त

काठमाडौं । थाइल्याण्डका लागि नेपालको आवासीय राजदूत धनबहादुर वलीलाई लाओको पनि जिम्मेवारी दिइएको

भ्रष्टाचार हुने देशको सूचीमा नेपाल ३४ अंकसहित १०७ औं स्थानमा, साउथ सुडान विश्वकै भ्रष्टाचार गर्ने मुलुक

काठमाडौं । नेपाल भ्रष्टाचारको सूचकांकमा एक स्थान खस्किएको छ । ट्रान्सपरेन्सी इन्टरनेशनलले मंगलबार

नेपाल समाजवादी पार्टीको महिला उपाध्यक्षमा मानुषी यमि निर्विरोध निर्वाचित

काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)को महिला उपाध्यक्षमा मानुषी यमि भट्टराई निर्विरोध

वाग्मती पुलको बिम चर्किएपछि मर्मत सुरु

रौतहट । पूर्वपश्चिम महेन्द्र राजमार्गअन्तर्गत रौतहट र सर्लाही जिल्लाका बीचमा रहेको बागमती नदीको