सहकारी ठगीमा मुछिएमा रवि लामिछाने र गृहमन्त्री रवि लामिछाने एउटै हुन् कि फरक व्यक्ति प्रहरीले छुट्याउन नसकेकाले संसदीय समिति चाहियोः गगन थापा



सुदूरपश्चिम  । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सहकारी ठगी गर्ने रवि लामिछाने र अहिलेका गृहमन्त्री एकै व्यक्ति हुन् कि होइनन् भन्ने खोज्न आफूहरुले संसदीय छानबिन समिति गठनको माग गरेको बताएका छन् ।

संवाद यात्राका क्रममा मंगलबार कञ्चनपुरको पुनर्वासमा आयोजित कार्यक्रममा महामन्त्री थापाले सहकारी ठगीमा सत्यतथ्य पत्ता लगाउन संसदीय छानबिन समिति गठनको माग गरेका हुन् ।

उनले भने, ‘सहकारी ठगी गर्ने रवि लामिछाने र अहिलेका गृहमन्त्री रवि लामिछाने एउटै हुन् कि होइनन् भनेर खोज्न पर्यो कि परेन ? त्यो हामीले नखोजे कसले खोज्छ ? यो ठाउँमा कांग्रेस, एमाले र माओवादी भए पनि वा नयाँ, पुरानो जुन दलको भए पनि खोज्नुपर्थ्यो ।’

सहकारीको रकम अपचलन भएको र प्रहरीले गरेको अनुसन्धान विश्वसनीय नभएकोले संसदीय छानबिन समिति गठन गरिनुपर्ने उनले बताए।

उनले सर्वसाधारणले कानुन मिच्दा जुन दण्ड पाउँछन् ठूला भनिएका व्यक्तिले पनि सोही मुताविकको दण्ड पाउनुपर्ने बताए । जनतामा लोकप्रिय र सरकारमा शक्तिशाली छु भन्दैमा कानुन भन्दा कोही माथि नहुने उनले बताए

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
ओलीले किन बनाउँदैछन् रविलाई ‘मानवढाल’ ?

काठमाडौं । सर्वोच्च अदालतको संवैधानिक इजलासले झापाको गिरिबन्धु टी–स्टेटको जग्गासम्बन्धी विवादमा गरेको फैसलाको

महाधिवेशनमा एकमात्र साझा दस्तावेज पेस गर्ने एकीकृत समाजवादीको निर्णय

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) पार्टीको सचिवालय बैठकले आगामी महाधिवेशनमा साझा

बिजुलीका पोलमा रहेका उपकरण ६ महिनाभित्र हटाउन प्राधिकरणको आग्रह

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले बिजुलीका पोलमा रहेका संरचना तथा उपकरण हटाउन सरोकारवालालाई

जगदुल्ला जलविद्युत् आयोजनामा जुट्यो १६ अर्ब लगानी, नबिल बैंकले नेतृत्व गर्ने

रमेश लम्साल, काठमाडौँ । उज्यालो कर्णाली बनाउने लक्ष्यका साथ अगाडि बढाइएको जगदुल्ला जलविद्युत्