किन हेपिने नेपाली हिन्दू ?



डा. गोविन्दशरण उपाध्याय ।
मैले कसैलाई सफाई दिन्न र दिनु पनि छैन । नेपालको इतिहास र पहिचान यहाँका मौलिक धर्म, संस्कृति, परम्परा, ज्ञान–विज्ञान तथा प्राकृतिक भूगोल नै हुन् । यो विविधता समाजवाद वा साम्यवादले अथवा लोकतन्त्रले निर्माण गरेको होइन । विविधतालाई विरोधाभास ठान्ने र तह लगाउने संस्कृति नेपालीको होइन । त्यसैले हिन्दू संस्कृतिउपर बढ्दो अत्याचार, घृणावाद तथा सीमान्तकृत व्यबहारका विरुद्ध म रोकिने छैन ।
सत्यले पोल्छ । यसको अर्थ सत्यलाई खोलामा बगाएर सेलाउन मिल्दैन । इसाई वा मुस्लिम समुदायको विरोध गरेर, तिनको उछितो काडेर धर्मपरिवर्तन रोकिन्न । धर्मनिरपेक्षताको आड लिएर धर्मपरिवर्तनलाई राज्य र राज्यका संचालक राजनैतिक पार्टीहरूले नै उक्साएका छन्, सघाएका छन् र सुरक्षा दिएका छन् । जव यस्तो षड्यन्त्र विरुद्ध एउटा सचेत मौलिकताका पक्षधरले आवाज उठाउँछ, यी सबै मिलेर सम्बन्धित व्यक्ति वा समुदायलाई चरम तिरस्कार गर्छन् । राजनीति र राज्यले संरक्षण गर्नुपर्ने विश्वको सबै भन्दा प्राचीन जीवन्त संस्कृतिको विनासका लागि राज्यतन्त्रनै धर्मनिरपेक्षताको छाता मुनि लुकेर धर्मपरिवर्तन गराउने शक्तिसँग चोचोमोचो गरेपछि“ आफ्नो पहिचानको रक्षामा कलम चलाउनै पर्छ ।

कुनै पनि हिन्दू, बौद्ध वा किरात मुस्लिम वा इसाईका विरुद्ध छैनन् । यदि विरुद्ध हुन्थे भने नेपालमा यिनको सम्मानजनक उपस्थिति हुने नै थिएन । अर्को कुरा, सहज र सरल रूपमा आफ्नो संस्कृतिको अभ्यास गर्ने मुस्लिम वा इसाईले धर्मपरिवर्तन गराउन खेतखलिहान चाहर्दैन । हिन्दूसँग घृणा गर्ने राजनैतिक दलहरूको संरक्षण प्राप्त नहुने हो भने धर्मपरिवर्तनकारी परजीविहरू ‘खेतखलिहान’मा पुग्न सम्भव छ ? संविधानको ठाडो उलंघन गर्नेलाई राज्यले पुरस्कृत गरिरहेको छ भने संविधानको रक्षाका लागि आवाज उठाउने हिन्दूहरूलाई राज्यले हेपेको छ ।

संस्कृति, धर्म र इतिहासका सवालमा म उनीहरूभन्दा बढी ‘निर्लज्ज’ छु । मैले आफ्नो पहिचानको रक्षा र निरन्तरताका लागि लोकतन्त्र, समाजवाद, साम्यवादजस्ता सबै प्रतिमानहरूसंग सङ्घर्ष गर्न सक्छ । यदि यिनै प्रतिमानहरुले मेरो एकमात्र पहिचान ‘सनातन–संस्कृति’ रक्षा गर्ने व्यबस्था गर्छन् भने यी प्रति मेरो कुनै गुनासो हुने छैन । लोकतन्त्रका नाममा ‘वैदिक संस्कृतिको उछितो काट्नेसंग’ सम्झौताको कुनै सम्भावना छैन । नेपाललीले विगत ३५०० वर्षदेखि सहअस्तित्व र समावेशीपनको अभ्यास गरिरहेका छन् । विश्वका अनेकौं संस्कृतिहरू ‘निमिट्यान्न पारेको रगत’ बोकेकाहरूले नेपालीहरूलाई सहअस्तित्व र समावेशीपन सिकाउँनु विश्वको सबैभन्दा भद्दा ‘कमेडी’ हो ।

तिमीले मलाई मार्न सक्छौं तर मेरो विश्वास, विचार र इतिहासलाई मार्न सक्दैनौं । तिमीले बोकेर हिंडेको विश्वाससंग नेपालको ‘गोरु बेचेको नाता’सम्म छैन । यदि नाता पर्थ्यो भने २००७ देखि २०८० सालसम्म नेपालले विकासको फड्को मार्थ्यो । अमेरिकीहरू सगरमामा जागिर खोज्न आउँथे । क्यानाडाले क्रयोजनिक इन्जनको टेक्नोलोजी किन्थ्यो । हरेक नेपालीसंग विश्वको सबै महङ्गो कार, आइफोन र विश्वविद्यालय हुन्थ्यो । अब बकम्फुसे ‘विकास, अग्रगमन, वैज्ञानिकता, समाजवाद तथा समानता“का गफ सुन्न कसैलाई इच्छा छैन । न तिमीले लोकतन्त्र दिन सक्यौं बरू भएको आफ्नो संस्कृति र मौलिक पहिचानसमेत खरानी पार्ने आत्मघाती दस्ताहरूको नेतृत्व गरिरहेका छौँ ।

यो देशमा कट्टरता फैलाउनेहरू अरू छन् । म र मजस्ता व्यक्तिहरूले कट्टरताको कल्पना पनि गर्न सक्दैनन् । मन्दिरहरूको शहर (काठमान्डौ) उपत्यकामा वसेर, यहाँको प्राकृतिक सुविधाहरू उपयोग गरेर यहींका देवीदेवताहरूलाई ‘शैतान’ भन्दै मोहम्मद इलियासको बाटोमा म हिंडेको छैन । कसैलाई हिड्न प्रेरित गरेको छैन । मैले आफ्नो कट्टरता लुकाउन ‘धर्मनिरपेक्षता’को राजनैतिक छाता ओढ्न कसैलाई प्रेरित गरेको छैन । मैले त यत्तिमात्र भानिरहेको छु कि नेपाल वैदिक सनातन धर्मको उद्गमस्थल हो, हामी नेपालीहरू यसका उत्तराधिकारी हौँ र एउटा उत्तराधिकारीको रूपमा स्रोतको रक्षा गर्नु, यसको निरन्तरता सुनिश्चित गर्नु र यसका असल पक्षहरूलाई विश्वव्यापी बनाएर नेपाललाई विश्वको केन्द्र बनाउनु हाम्रो दायित्व हो । मेरो यो बुझाई र आह्वानले कसैको छाति चिरिन्छ भने त्यो चिरिनुपर्छ । आफ्नो मौलिकताको पक्षमा बोल्नु, लेख्नु र त्यसको रक्षाका लागि प्रयास गर्नु यदि कट्टरता हो भने हरेक नेपालीका लागि गौरवको कुरा हो ।

आजको नेपाल पृथ्वीनारयणको कानुनले वा २००७ अथवा २०४७ को न्यायिक व्यबस्थाले चल्दैन । विश्व धेरै अगाडी बढिसकेको छ । परिवर्तनमा स्थिरता खोज्नु मान्छेको स्वभाव हो । नेपालका हकमा भने गतार्थ भैसकेका विदेशी राजनीति र धर्मनिरपेक्षताको खोल ओढाएर सन् १९१७ को समय लादिन खोजिदै छ । राजनीति होस् वा धर्म ‘तेतै’को थोपरिंदै छ – यी हरफ पढ्दा सन् १९१७ तिरका विकासे जडवादीहरूको कन्सरीको रौँ तात्ने छन् तर नेपालीको समसामयिक विकास नहुनुमा सन् १७८९ र सन् १९१७ बोकेर हिँड्नु हो । बास्तविक तत्थ्य के हो भने यी दूवै तारिखहरूसंग नेपाली समाजको कुनै नातो छैन तर यी तारिखका नाठाहरू भने छन् ।

जवसम्म यहाँका राजनैतिक नेतृत्वले नेपालको मौलिक संस्कृतिमा आधारित मौलिकतासंग आधुनिकताको (जापानझैं) समन्वय गर्दैनन् तवसम्म नेपालको विकास हुँदैन । नेपाली जनता विकास चाहन्छन् तर आफ्नो मौलिकता छोड्ने वा त्याग्ने शर्त स्वीकार्य हुँदैन । साथै, देशको ८२% हिन्दू जनसंख्याको मान मर्दन गरेर, यिनको पहिचान मेटाएर, विदेशी शरणार्थीको काल्पनिक इतिहास पढाएर कुनै पनि राजनैतिक शक्तिले सफलता प्राप्त गर्न सक्दैन । जुन बखत पश्चिमी देशका प्रधानमन्त्रिले झैं खुलारूपमा अन्य समुदायको अपमान वा अवमानना नगरी शपथग्रहण ग्रहण गरेर श्रीपशुपतिनाथमा आशिर्वाद लिन जाने छन्, त्यो मिति देखि नेपालको राजनीतिमा स्थिरता र विश्वले विश्वास गर्ने छ । देशका ८२% जनताको मान मर्दन गरेर स्थायित्व खोज्नु बालुवा पेलेर तेल निकाल्ने प्रयत्न गर्नुसरह हो ।

देशका हरेक नागरिक समान हुन् । कसैले कसैको अपमान गर्ने छूट छैन । सबैलाई आफ्नो धर्मसंस्कृतिको रक्षा गर्ने स्वतन्त्रता प्राप्त छ । यस्तो व्यवस्थामा हिन्दूहरूलाई पनि प्राकृतिक रूपमा आत्मसुरक्षा गर्ने अधिकार छ । मैले मेरो प्राण रहेसम्म हिन्दूहरूको आत्मरक्षा र सम्मानका लागि आवाज उठाईरहने छु । यो आवाज देशका गैरहिन्दू समुदायका विरुद्ध कत्ति पनि होइन । यो आवाज देशको मौलिक सभ्यता अर्थात् सनातन वैदिक हिन्दू संस्कृतिको निरन्तरताका लागि हो । आत्मरक्षा र आफ्नो ऐतिहासिक पहिचानको रक्षाका लागि हो । म तिम्रा धम्कीबाट डराएको छैन । तिमीले मेरो प्राण लिन सक्छौं तर मेरो विश्वास र सनातन धर्मको आदिथलोका रूपमा नेपालको पहिचान मेटाउन सक्ने छैनौं ।
अन्त्यमा भन्न चाहन्छु, हामी सनातनी कसैलाई घृणा नगरौं, सबैलाई प्रेम गरौँ तर हाम्रो धर्म, संस्कृति, ज्ञान–विज्ञान मेटाएर हाम्रो मौलिक चिनारी (परिचय) मेटाउनेहरूसंग न झुकौं । हामी अमृत कर्मतिर अग्रसर हुनैपर्छ । देवदेवी संस्कृतिको मूलथलो नेपाल र नेपालआमाका उत्तराधिकारी हामी नेपालीलाई हार्ने, कायर बनेर विदेशीको दासता स्वीकार गर्ने र नेपाल र नेपालीको मौलिक पहिचान नष्ट गर्ने शक्तिसंग सम्झौता गर्ने अवकाश छैन । साथ हिडौ, सँगै भोजन गरौँ, मिलेर स्वसंस्कृति अर्थात् ऋषिसंस्कृतिको रक्षाका लागि पराक्रम गरौँ । यस विषयमा मन्त्रणा गरौँ । मनको सम्मान गरौँ । स्वधर्म, स्वसंस्कृति तथा सामुहिक उन्नतिका लागि सधैं हाम्रो मन मिलोस् । हामी सबै मिलेर गौरवका साथ उद्घोष गरौँ ‘हाम्रो देश सनातन संस्कृतिको उद्गमस्थल हो । हामी ऋषि संस्कृतिका उत्तराधिकारी हौँ । हामी सबैलाई आफ्नो ठान्ने हिन्दू हौँ । हो, गौरवशाली हिन्दू हौँ ।’ अस्तु

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
इलाममा २७ हजार मतगणना हुँदा रास्वपा चौथोमा सीमित

    फिक्कल (इलाम) ।  प्रतिनिधिसभा सदस्यका लागि इलाम–२ मा भएको उपनिर्वाचनको मतगणना

देशका अधिकांश भू–भागको तापक्रम बृद्धि, तातो हावाको लहर अझै बढ्ने

काठमाडौँ । विगत केही दिनदेखि देशका अधिकांश भू–भागको अधिकतम तथा न्यूनतम तापक्रम क्रमिकरुपमा

इलाममा मतान्तर बढाउँदै सुहाङ, सुहाङले १० कटाउँदा कांग्रेसको ७ हजार ६२

काठमाडौं । इलाममा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङको अग्रता कायमै छ । पछिल्लो

म्याग्दीमा उच्च गतिको विद्युत् प्रवाहले ६० घरमा क्षति, ५ जना घाइते

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घारमा आइतबार उच्च गतिको विद्युत प्रवाह हुँदा ६०