गण्डकी प्रदेशको नीति तथा कार्यक्रम : स्वास्थ्य, शिक्षा र कृषि प्राथमिकतामा(पूर्णपाठ)



गण्डकी । गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । आइतबार प्रदेशसभा बैठकमा प्रदेश प्रमुख पृथ्वीमान गुरुङले नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् ।

प्रदेश प्रमुख गुरुङले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै आगामी आर्थिक वर्षका स्वास्थ्य, शिक्षा र कृषिमा जोड दिएका छन् । नीति तथा कार्यक्रममा गण्डकी प्रदेश सरकारले क्यान्सर पीडित विरामीलाई थप १ लाख सहयोग गर्ने भएको छ ।

भरतपुर क्यान्सर अस्पतालसँगको साझेदारीमा प्रदेश मातहतका अस्पतालमा उपचार गर्दा थप १ लाख सहयोग गर्ने नीति तथा कार्यक्रम मार्फत घोषणा गरेको हो ।

यस्तै, ६० वर्ष माथिका र १० वर्षमुनिका नागरिकको ओपीडी र ल्याव परीक्षण निःशुल्क गर्ने कार्यक्रम ल्याएको छ । मुटुरोगका विरामीलाई डायलायसिसमा पालो कुर्न पर्ने अवस्थालाई शून्यमा झार्ने सरकारको लक्ष्य छ ।

अस्पताल बाहिर हुने सुत्केरीलाई शून्यमा झार्ने, प्रदेशभित्रका सबै अस्पतालमा निःशुल्क सेनिटरी प्याड उपलब्ध गराउने घोषणा सरकारले गरेको छ ।

कृषिमा चक्ला बन्दी कार्यक्रमलाई निरन्तरता दिने, उत्पादनका आधारमा सहुलियत दिने लगाएतका कार्यक्रम रहेका छन् । त्यसै गरी गण्डकीमा विद्यार्थीहरुको बहुप्रतिभाको पहिचान गर्न फ्राइडे फर फ्युचर कार्यक्रम लागू गर्ने कार्यक्रम ल्याएको छ । विद्यार्थीहरुका शैक्षणिक बाहेक अतिरिक्त क्रियाकलाप मार्फत प्रतिभा पहिचान कार्यक्रम आयोजना गर्न लागिएको हो ।

यस्तै, प्रदेशभित्रका सामुदायिक क्याम्पसलाई कार्यसम्पादनका आधारमा अनुदान उपलब्ध गराउने घोषणा गरेको छ । विपक्षी दल नेकपा एमाले संसदीय दलका नेता खगराज अधिकारीले केन्द्र सरकारको जस्तै हुबहु नीति तथा कार्यक्रम आएको प्रतिक्रिया दिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
काठमाडौँ बन्यो विश्वकै सबैभन्दा प्रदूषित सहर

काठमाडौँ ।  काठमाडौँ  बिहीबार फेरि वायु प्रदूषणको हिसाबले विश्वकै पहिलो प्रदूषित सहरका रुपमा

‘कोशीका मुख्यमन्त्री कार्कीले सदनले गरेको निर्णय नमान्ने भन्दै हिँड्ने भएको छ, विशेषाधिकार हननमा कारबाही हुन सक्छ’

विराटनगर । नेकपा एमाले र माओवादी केन्द्रले कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले प्रदेशसभाको

आयोगले राष्ट्रपतिलाई बुझायो उपनिर्वाचनको परिणाम

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष उपनिर्वाचनको प्रतिवेदन बुझाएको छ । बिहीबार

नेपाली राजनीतिले सिक्नुपर्ने एउटा चुनाव

नारायण गाउँले । विश्वकै मुख्य र ठूला सहरमध्येको एक लण्डनमा मेयर पदका लागि