देश क्रमशः सुधारतर्फ छ, कार्यकालको अन्तिमसम्म उत्साहजनक नतिजा देखिनेछ : प्रधानमन्त्री



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशको राजनीति र अर्थतन्त्र संकटबाट क्रमशः सुधारको बाटोमा गएको भन्दै आफ्नो कार्यकालको अन्तिमसम्म उत्साहजनक नतिजा देखिने बताएका छन् ।

बुधबार साँझ काठमाडौँमा पूर्वप्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवद्वारा लिखित ‘गोठालादेखि प्रमुख निर्वाचन आयुक्तसम्म आत्मवृत्तान्त’ पुस्तकको लोकार्पण गर्दै प्रधानमन्त्रीले तेस्रो कार्यकालको अन्तिमसम्म दोस्रो कार्यकालको भन्दा राम्रो नतिजा देखिने बताए ।

प्रधानमन्त्रीले भने, ‘जतिबेला म दोस्रोपटक प्रधानमन्त्री थिएँ। त्यतिबेला पनि देश अप्ठ्यारो परिस्थितिमै थियो। संविधानप्रति विभिन्न बिमति र असन्तुष्टिहरू थिए। मधेश आन्दोलनमा थियो, अर्थतन्त्र पनि उत्साहजनक थिएन। संघीय ढाँचाको टुंगो लगाउन बाँकी नै थियो। तर, निकै मेहनत गरियो, परिणाम पनि राम्रो आयो।’

उनले भने, ‘संघीयताको सफल अभ्यास गरियो। स्थानीय तहदेखि केन्द्रसम्मका चुनावहरू भए। आन्दोलनरत दलहरू पनि सहमतिको प्रक्रियामा आए। अर्थतन्त्रमा राम्रो सुधार आयो। ७.५ अंकको आर्थिक वृद्धिदर हासिल गरियो, लोडसेडिङको अन्त्य भयो। ठूला आयोजनाहरूमा भौतिक र वित्तीय प्रगति पनि राम्रो भयो। यसपटक पनि त्यसभन्दा राम्रो गर्ने प्रयास भइरहेको छ।’

‘अहिले अर्थतन्त्रमा क्रमशः सुधार आउँदैछ। समष्टिगत आर्थिक परिसूचकहरू सकारात्मक छन्। विदेशी मुद्राको सञ्चिति त उत्साहजनक नै छ। अरू क्षेत्रमा पनि राम्रो प्रगति हुँदैछ। तेस्रो कार्यकालको अन्तिमसम्म जाँदा दोस्रोभन्दा राम्रो नतिजा आउँछ भन्नेमा म विश्वस्त छु’ प्रधानमन्त्रीले भने ।

प्रधानमन्त्रीले भने,’मधेश आन्दोलनमा भएको, संविधानप्रति असन्तुष्ट रहेको परिस्थितिमा अयोधीजी प्रमुख निर्वाचन आयुक्त हुनुभयो। उहाँ एकदम इमानदार र प्रतिवद्ध भएर नलागेको भए वडादेखि राष्ट्रपतिसम्मको निर्वाचन गर्न सजिलो थिएन। तर, उहाँले गराउनुभयो। पुस्तकमा उहाँले जे–जति कुरा लेख्नुभएको छ, जस्ता प्रसङ्ग उठाउनुभएको छ, त्यहाँ कुनै ढोङ छैन, बरू इमानदारिता छ।’

लोकार्पण कार्यक्रममा पूर्वमन्त्री एवं माओवादी केन्द्रका नेता मातृकाप्रसाद यादव, लेखक डा. यादव लगायतका वक्ताहरूले पुस्तकका विविध पक्षमाथि चर्चा गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सहकारी ठगी छानबिन गर्न संसदीय समिति गठन गर्ने चार दलबीच सहमति

काठमाडौँ । सत्तारुढ गठबन्धन र प्रमुख प्रतिपक्षी दल संसदको गतिरोध अन्त्य गर्न संसदीय

संसदको गतिरोधलाई राजनीतिक सङ्कटका रूपमा व्याख्या गर्नु हुँदैनः महामन्त्री शर्मा

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले संसदको गतिरोधलाई राजनीतिक सङ्कटका रूपमा व्याख्या

संसदीय समिति गठनमा सहमति जुटाउन चार दल प्रधानमन्त्री निवासमा छलफलमा

काठमाडौं । सहकारी ठगी प्रकरण छानबिनका लागि संसदीय समिति गठन गर्नुपर्ने कांग्रेसको मागमा

तनहुँको बन्दीपुरमा पौडी खेल्ने क्रममा डुबेर दुई युवकको मृत्यु

तनहुँ । तनहुँको बन्दीपुर–२ बट्टारस्थित सुलेरहमा आज पौडी खेल्ने क्रममा डुबेर दुई युवाको