उपनिर्वाचन लडेर संसदमा आउन सत्ता गठबन्धनका नेताले आग्रह गरिहनुभएको छः अध्यक्ष यादव



धनगढी । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले बारामा उपनिर्वाचन लड्ने मनसाय देखाएका छन् ।

धनगढीमा आइतबार बिहान आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष यादवले उपनिर्वाचन लडेर पुनः संसदमा आउन सत्ता गठबन्धनका नेताले आग्रह गरिरहेको बताए । तर त्यसबारे आफूले निर्णय गरिनसकेको उनले बताए ।

यादवले तनहुँ, बारा र चितवनमा उपनिर्वाचन हुन लागे पनि आफ्नो बारेमा बाराका विषयमा बढी चर्चा भइरहेको बताए। उनले भने, ‘बाराका साथीहरू यहाँ आएर चुनाव लड्नुपर्छ भनेर जोड दिइरहनुभएको छ। पार्टी र गठबन्धनका नेता पनि संसदमा आउन उचित हुन्छ भन्नुहुन्छ तर यसबारे गठबन्धन र पार्टीले कुनै निर्णय गरेको छैन। मैले पनि माइन्ड मेकअप गरिसकेको छैन।’

उनले पार्टी एकताका लागि नेकपा (एकीकृत समाजवादी)सँग छलफल सुरु गरेको बताए । उनले भने, ‘नेकपा एकीकृत समाजवादी पार्टीसँग छलफल पनि भएको छ। धेरै कुराहरु मिलेका छन्। तर मूल कुरा, जसपा समाजवादी पार्टी हो। समाजवादी लोकतन्त्रको अवधारणमा अगाडि बढेको छ। कम्युनिष्ट पार्टी जसपा बन्न सक्दैन। उहाँहरुको नेकपा एकीकृत समाजवादी छ। नेकपा छोडेर समाजवादी बनौ भनेका छौँ। त्यो कुरामा सहमति भएको छैन।’

पार्टी एकता नभएपनि तालमेल जारी रहेको उनले बताए। मुलुकको विकास र समृद्धिका लागि पाटीहरुबीच जसपाले तालमेल गर्दै आएको उनको दाबी छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
गण्डकीका आठ हजार २७७ हेक्टर वन क्षेत्र डढेलोबाट प्रभावित

गण्डकी । गण्डकी प्रदेशका विभिन्न चार सय ६७ स्थानमा डढेलो लागेको छ ।

लगानी सम्मेलनमा पिपिपी सहकार्यका लागि दुई संस्थाबीच समझदारी

  काठमाडौँ । काठमाडौंमा जारी तेस्रो लगानी सम्मेलनका क्रममा नेपालमा सार्वजनिक–निजी साझेदारी (पिपिपी)

इलाममा २७ हजार मतगणना हुँदा रास्वपा चौथोमा सीमित

    फिक्कल (इलाम) ।  प्रतिनिधिसभा सदस्यका लागि इलाम–२ मा भएको उपनिर्वाचनको मतगणना

देशका अधिकांश भू–भागको तापक्रम बृद्धि, तातो हावाको लहर अझै बढ्ने

काठमाडौँ । विगत केही दिनदेखि देशका अधिकांश भू–भागको अधिकतम तथा न्यूनतम तापक्रम क्रमिकरुपमा