एक्वडोरमा शक्तिशाली भूकम्प, दक्षिणी प्रान्त एल ओरो सबैभन्दा प्रभावित



एक्वडोरको दक्षिण तटीय क्षेत्रमा आइतबार गएको भूकम्पका कारण कम्तीमा १३ जनाको ज्यान गएको छ भने कैयौँ शहरका भवनहरूमा क्षति पुगेको छ । भूकम्पको धक्का उत्तरी पेरुमा समेत महसुस गरिएको थियो ।

त्यहाँ सीमावर्ती प्रान्तमा घर भत्किँदा एकजना किशोरीको निधन भएको जनाइएको छ । एक्वडोरको आधा प्रान्तहरूमा भूकम्पको प्रभाव महसुस गरिएको थियो। यूएस जिओलोजिकल सर्भेले उक्त भूकम्प ६ दशमलव ८ म्याग्निट्यूडको रहेको जनाएको छ । दक्षिणी प्रान्त एल ओरो सबैभन्दा नराम्रोसँग प्रभावित भएको बताइएको छ ।

आपतकालीन सेवाले मानिसहरू अझै पनि भत्किएका घरहरूमा फसिरहेको जनाएका छन् । स्थानीय समय अनुसार लगभग मध्य दिनमा भूकम्प गएको थियो । भूकम्पको केन्द्रबिन्दु एक्वडोरको दोस्रो ठूलो शहरभन्दा ८० किलोमिटर टाढा बलाओ भन्ने स्थान नजिकै रहेको विवरण आएका छन्। उक्त शहरमा झन्डै ३० लाख मानिसको बसोबास छ ।

एक्वडोरका राष्ट्रपति गियरमो लासोले मानिसहरूलाई शान्त रहन अनुरोध गरेका छन्। उनले प्रभावित क्षेत्रमा आपत्कालीन टोलीहरू खटाइएको पनि जानकारी दिए । सन् २०१६ मा झन्डै ७ सय जनाको ज्यान लिने गरी एक्वडोरमा भूकम्प गएको थियो। त्यसबेला हजारौँ घाइते भएका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
गण्डकीका आठ हजार २७७ हेक्टर वन क्षेत्र डढेलोबाट प्रभावित

गण्डकी । गण्डकी प्रदेशका विभिन्न चार सय ६७ स्थानमा डढेलो लागेको छ ।

लगानी सम्मेलनमा पिपिपी सहकार्यका लागि दुई संस्थाबीच समझदारी

  काठमाडौँ । काठमाडौंमा जारी तेस्रो लगानी सम्मेलनका क्रममा नेपालमा सार्वजनिक–निजी साझेदारी (पिपिपी)

इलाममा २७ हजार मतगणना हुँदा रास्वपा चौथोमा सीमित

    फिक्कल (इलाम) ।  प्रतिनिधिसभा सदस्यका लागि इलाम–२ मा भएको उपनिर्वाचनको मतगणना

देशका अधिकांश भू–भागको तापक्रम बृद्धि, तातो हावाको लहर अझै बढ्ने

काठमाडौँ । विगत केही दिनदेखि देशका अधिकांश भू–भागको अधिकतम तथा न्यूनतम तापक्रम क्रमिकरुपमा