कांग्रेसलाई विपक्षी दलको भूमिका नदिन माग गर्दै परेको रिट दरपीठ



काठमाडौं । प्रतिनिधिसभामा नेपाली कांग्रेसलाई प्रमुख विपक्षी दलको मान्यता नदिन माग गरिएको रिटलाई सर्वोच्च अदालतले दरपीठ गरेको छ । अधिवक्ता विमल पोखरेलले संसद सचिवालयलाई विपक्षी बनाई उत्प्रेषणको आदेश माग गर्दै दायर गरेको रिट सर्वोच्चले बुधबार दरपीठ गरेको हो ।

कुन दललाई विपक्षी दलको मान्यता दिने भन्ने विषय संसदको आन्तरिक कारबाहीको विषय भएको र सर्वोच्चले त्यसमा संविधानतः अदालतमा प्रश्न उठाउन नपाइने भन्दै अदालतको असाधारण अधिकार क्षेत्रअन्तर्गको भएकाले रिट निवेदन दर्ता गर्न नमिल्ने रजिष्ट्रार नारायणप्रसाद पन्थीको दरपीठ आदेशमा उल्लेख छ ।

प्रतिनिधिसभामा प्रमुख विपक्षी दलको लागि कांग्रेस र नेमकिपाको दाबी छ । यसबारे सभामुखले निर्णय गरेका छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
जसपाले भन्यो-नयाँ दल दर्ताको निवेदन अवैधानिक

काठमाडौँ । जनता समाजवादी पार्टी नेपालले पार्टी विभाजन नभएको दाबी गरेको छ ।

एमाले फुटिसकेपछि आठ महिना पहिल्यै आत्मालोचना गरें, तर ओलीले एमालेमा फर्काउन शंका गर्नुभयोः वामदेव गौतम

काठमाडौं । नेकपा राष्ट्रिय एकता अभियानका संयोजक वामदेव गौतमले आफू नेकपा एमालेमै जान

सवारी ‘लाइसेन्स’मा उठेका प्रश्नको तत्काल समाधान गर्न प्रधानमन्त्रीको निर्देशन

  काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सवारी चालक अनुमतिपत्रको वर्तमान अवस्था र

गृह मन्त्रालयले हिरासत छल्न अस्पताल भर्ना हुने प्रवृत्ति रोक्न दियो तीन बुँदे निर्देशन

काठमाडौँ । गृह मन्त्रालयले अनुसन्धानका लागि पक्राउ परेका व्यक्तिले चिकित्सकीय सिफारिसको सहायतामा हिरासत