एमाले फुटिसकेपछि आठ महिना पहिल्यै आत्मालोचना गरें, तर ओलीले एमालेमा फर्काउन शंका गर्नुभयोः वामदेव गौतम



काठमाडौं । नेकपा राष्ट्रिय एकता अभियानका संयोजक वामदेव गौतमले आफू नेकपा एमालेमै जान चाहेको बताएका छन् । सोमबार राजनीतिज्ञ सिद्धिनाथ ज्ञवालीको स्मृति ग्रन्थ विमोचन कार्यक्रममा गौतमले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई वामदेवले एमाले फुटाउँछ भनेर शंका नगर्न आग्रह गरे ।

गौतमले आफूले पहिला पनि पार्टी नफुटाएको र अब पनि पार्टी फुटाउलाकि भनेर  शंका नगर्न ओलीलाई आग्रह गरे । उनले पछिल्लो पटक पार्टी फुट्दा आफ्नो पनि कमजोरी भएको स्वीकार गर्दै त्यसको आत्मआलोचना गरेको भन्दै पार्टी एमाले फुटाउन आफ्नो हात नभएको दाबी गरे ।

उनले भने, ‘मान्छेबाट गल्ती कमजोरी हुन्छन् म बाट पनि भयो र मैले त्यो महससु गरें । पछिल्लो पटक दुईवटा अध्यक्ष दुईतिर भएको बेला मलाई चित्त दुख्यो,म कतैतिर पनि लागिन । तर, दुवै तर्फका अध्यक्षले अहिले पनि पार्टी फुटाउने वामदेव हो भने ।’ मिलाउन अनेक प्रयास गरें तर सकिनँ, कसैले साथ दिएन।’

उनले एमाले फुटिसकेपछि आठ महिना पहिल्यै आफूले आत्मआलोचना गरी एमालेमै फर्किन चाहे पनि अध्यक्ष ओलीले शंका गरेको बताए ।

उनले भने, ‘मैले अध्यक्षलाई ८ महिना पहिला नै भनेको थिएँ, मलाई कमाण्डर बनाउनु भयो भने फेरि त्यस्तै हुन्छ कि, धेरै समर्थक आए भने फेरी पार्टी फुटाइदिने होकि वामदेवले भनेर डर लाग्छ भने मसँगै अर्को कसैलाई निगरानी गर्न राखिदिनुहोस् ।’ उनले मरेपछि हँसिया हथौडाको झण्डा ओड्न पाउनुपर्छ भन्ने आफ्नो चाहना रहेको बताए ।

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
गृहमन्त्रीलाई सदनमा बोल्न दिने र त्यसपछि परिस्थिति हेरेर अघि बढ्ने विपक्षी दलहरुको निर्णय

काठमाडौँ । विपक्षी पाँच दल गृहमन्त्री रवि लामिछानेलाई संसदमा बोल्न दिन सहमत भएका

हिमाली मुलुकका मुद्दा स्थापित गर्न जेठ ९ र १० गते काठमाडौंमा हुने अन्तर्राष्ट्रिय संवादमा २३ देशका विज्ञ सहभागी हुने

काठमाडौँ । पर्वतीय मुलुक नेपालले लामो समयदेखि अन्तर्राष्ट्रिय मञ्चहरूमा जलवायु परिवर्तनका कारण हिमालमा

प्रहरी जवान घिमिरेको हत्या आरोपमा ६ जना पक्राउ

काठमाडौँ । प्रहरी जवान युवराज घिमिरेको हत्या आरोपमा ६ जनालाई पक्राउ गरिएको छ

संसदीय समितिको कार्यादेश तय गर्न कार्यदलको बैठक जारी

काठमाडौं । सहकारीको ठगी प्रकरण छानबिन गर्न गठित संसदीय समितिको कार्यक्षेत्र टुंग्याउन कार्यदलको