लक्ष्मी महतोलाई अपराधी करार नगर्न रघुवीर महासेठको चेतावनी



काठमाडौं । नेकपा एमालेका नेता रघुवीर महासेठले पार्टीका सांसद लक्ष्मी महतो कोइरीलाई अपराधीका रुपमा चर्चा नगर्न आग्रह गरेका छन् ।

प्रतिनिधिसभाको मंगलबारको बैठकमा नवनिर्वाचित सभामुख र उपसभामुखलाई बधाई तथा शुभकामना दिँदै उनले राज्य र कानूनले दोषी करार गरिनसकेको सांसदलाई अपराधीको पगरी नलगाईदिन आग्रह गरेका हुन् ।

उनले देशमा अहिले लक्ष्मी महतोको सवत्र चर्चा रहेको र केही माननीयले समेत महतोलाई अपराधीको संख्या दिएको भन्दै कानूनले ठहर नगरेसम्म दोषी करार गर्न नमिल्ने बताए ।

महासेठले भने, “के सांसद लक्ष्मी महतो साच्चिकै अपराधी हुन् त ? संसदमा केही माननीयजीले पनि महतोका विषयमा धेरै कुरा उठाउनुभएको छ । त्यसो हो भने पुरानो सरकारले किन राज्यको प्रतिष्ठित पदक दिने निर्णय गर्यो । महतो अहिले हाम्रो पार्टीको सम्पर्कमा हुनुहुन्न । यदि प्रहरी प्रशासनले हिरासतमा लिएको छ भने सार्वजनिक गर्नुगर्यो, होइन भनेर आरोपमा कुनै सत्यता छैन ।”

कानूनसम्मत महतो दोषी भए पार्टी नै पक्राउ गर्न सहजिकरण गर्ने विश्वास व्यक्त गरे । उनले भने, “म सभामुखमार्फत् गृहमन्त्रालयको ध्यानाकर्षण गराउन चाहन्छु, सांसद लक्ष्मी महतो कानुनसम्मत अपराधी हुन् भने पक्राउ गर्नुहोस् पार्टीले सहजीकरण गर्नेछ । लक्ष्मी महतोलाई अपराधी करार गरिएको छ, कानूनले अपराधी भनेर निर्णय गरेको छैन तर, संसदमा अपराधीको आरोप लगाइएको छ ।”

महासेठले जनकपुरमा दुई व्यक्ति (रोहितकुमार साह र विष्णुकुमार साह)को अपहरणपछि हत्यामा संलग्न अपराधीको खोजी गरी कडा कानूनी कारबाही गर्न माग गरे । अपहरणपछि हत्या गर्ने अपराधी पक्राउ गर्न प्रहरी प्रशासनले सक्रियता नदेखाएको भन्दै सभामुखमार्फत् गृहप्रशासनको ध्यानाकर्षण गराए ।

महासेठले अघिल्ला सरकारले आर्थिक सुशासन र पारदर्शिता कायम गरी आर्थिक अवस्था सुधान गर्न नसकेको आरोप लगाए । उनले वर्तमान सरकारले केही गर्छकि भन्ने जनतामा आशा र विश्वास पलाएको पनि उल्लेख गरे ।

“यो सरकारले छोटो समयमा जनतामा अलिअलि मलहम लगाउने काम गरेको छ । देशको आर्थिक सुधारका लागि प्रारम्भिकरुपमा सकारात्मक प्रयास थालिएको छ । राजनीतिक रुपमा पनि यो सरकारले प्रगति गरेको छ ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सरकारले स्टार्टअप उद्यम गर्नेहरूका लागि १० वर्ष आयकर छुट दिने

काठमाडौँ । सरकारले स्टार्टअप उद्यम गर्नेहरूका लागि विभिन्न छुट तथा सुविधा उपलब्ध गराउने

सहकारी ठगी छानबिन गर्न संसदीय समिति गठन गर्ने चार दलबीच सहमति

काठमाडौँ । सत्तारुढ गठबन्धन र प्रमुख प्रतिपक्षी दल संसदको गतिरोध अन्त्य गर्न संसदीय

संसदको गतिरोधलाई राजनीतिक सङ्कटका रूपमा व्याख्या गर्नु हुँदैनः महामन्त्री शर्मा

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले संसदको गतिरोधलाई राजनीतिक सङ्कटका रूपमा व्याख्या

संसदीय समिति गठनमा सहमति जुटाउन चार दल प्रधानमन्त्री निवासमा छलफलमा

काठमाडौं । सहकारी ठगी प्रकरण छानबिनका लागि संसदीय समिति गठन गर्नुपर्ने कांग्रेसको मागमा