गण्डकी प्रदेशमा अब मन्त्रालयको सङ्ख्या सात मात्र



गण्डकी । गण्डकी प्रदेश सरकारले मन्त्रालयको सङ्ख्या घटाएको छ । यसअघि १२ वटा मन्त्रालय रहेकोमा त्यसलाई घटाएर सात बनाइएको प्रदेश सरकारका प्रवक्ता एवं मन्त्री सीताकुमारी सुन्दासले जानकारी दिइन् ।

उनका अनुसार सङ्ख्या घटाएर मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, आर्थिक मामिला मन्त्रालय, आन्तरिक मामिला तथा कानून मन्त्रालय, भौतिक पूर्वाधार विकास मन्त्रालय, सामाजिक विकास मन्त्रालय तथा स्वास्थ्य मन्त्रालय, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय र कृषि तथा जलस्रोत मन्त्रालय बनाइएको छ ।

मन्त्रालयको सङ्ख्या कटौतीसँगै मन्त्रिपरिषद्ले छिट्टै पूर्णता पाउने मन्त्री सुन्दासको भनाइ छ । मन्त्रालयको सङ्ख्या कटौती नहुँदासम्म विना विभागीयमन्त्रीका रुपमा शपथ लिनुभएका तीन जनामन्त्रीको जिम्मेवारी बाँडफाँट हुन सकेको थिएन । गत पुस २५ मा मुख्यमन्त्री खगराज अधिकारीसहित तीन विना विभागीयमन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका थिए ।

विना विभागीयमन्त्रीका रुपमा नेकपा (माओवादी केन्द्र)का हरिबहादुर चुमान, नेकपा (एमाले)बाट सीताकुमारी सुन्दास र राष्ट्रिय प्रजातन्त्र पार्टीका पञ्चराम गुरुङ छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सरकारले स्टार्टअप उद्यम गर्नेहरूका लागि १० वर्ष आयकर छुट दिने

काठमाडौँ । सरकारले स्टार्टअप उद्यम गर्नेहरूका लागि विभिन्न छुट तथा सुविधा उपलब्ध गराउने

सहकारी ठगी छानबिन गर्न संसदीय समिति गठन गर्ने चार दलबीच सहमति

काठमाडौँ । सत्तारुढ गठबन्धन र प्रमुख प्रतिपक्षी दल संसदको गतिरोध अन्त्य गर्न संसदीय

संसदको गतिरोधलाई राजनीतिक सङ्कटका रूपमा व्याख्या गर्नु हुँदैनः महामन्त्री शर्मा

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले संसदको गतिरोधलाई राजनीतिक सङ्कटका रूपमा व्याख्या

संसदीय समिति गठनमा सहमति जुटाउन चार दल प्रधानमन्त्री निवासमा छलफलमा

काठमाडौं । सहकारी ठगी प्रकरण छानबिनका लागि संसदीय समिति गठन गर्नुपर्ने कांग्रेसको मागमा