पार्टी सभापतिले एकलौटी गरेको भन्दै पार्टी कार्यालयमा शेखर पक्षको धर्ना



काठमाडौं । समानुपातिकतर्फका उमेदवारको बन्दसूची सभापति शेरबहादुर देउवाले एकलौटी रुपमा बुझाएको भन्दै नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला पक्षले पार्टी केन्द्रीय कार्यालयमा धर्ना सुरु गरेको छ । कोइराला पक्षले बुधबार पार्टी केन्द्रीय कार्यालय सानेपामा धर्ना सुरु गरेको हो ।

प्रधानमन्त्री निवास बालुवाटारमा सभापति देउवाले डाकेर कोइराला  पक्षसहित पदाधिकारी र पूर्वपदाधिकारीको बैठक जारी रहेका बेला कोइराला पक्षका नेता कार्यकर्ताले पार्टी कार्यालयमा धर्ना सुरु गरेका हुन् ।

देउवाले समानुपातिकतर्फको बन्दसूची सच्याउने भन्दै बैठक डाकेपनि कोइराला पक्ष विश्वस्त नभएको भन्दै धर्नामा बसेको हो । कांग्रेस नेता गुरुराज घिमिरेले आफूहरू पार्टीको विरुद्धमा नभएको भन्दै न्यायका लागि धर्नामा बसेको बताए ।

आगामी मंसिरमा हुने निर्वाचनमा सत्ता गठबन्धनका दलहरूबीच सिट बाँडफाँटको विषयलाई लिएर पछिल्लो समय नेपाली कांग्रेसभित्र विवाद बढ्दै गरेको छ।

शेखर पक्षका नेताहरूले सिट बाँडफाँटमा कांग्रेसले गठबन्धनका अन्य दलहरूसँग सम्झौता गर्न नहुने भन्दै सभापति शेरबहादुर देउवालाई दबाब दिँदै आएका छन्। यो समूहले सिट बाँडफाँटमा ४० प्रतिशत भाग नपाए निर्वाचन बहिस्कार गर्ने चेतावनी दिँदै आएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
‘म यो घटनाको निर्दोष पात्र हुँ र मलाई यो घटना कसले कसरी घटाउन लगाएको राम्रै थाहा छ’

काठमाडौं । बलात्कार मुद्दामा जिल्ला अदालत काठमाडौँबाट दोषी ठहर भएका क्रिकेटर सन्दीप लामिछानेले

एकीकृत समाजवादी सरकारबाट नबाहिरिने

काठमाडौं । नेकपा एकीकृत समाजवादी गठबन्धन सरकारबाट नबाहिरिने भएको छ । मंगलबार बसेको

सगरमाथा आरोहणका लागि चार सय १४ जनाले लिए अनुमति

  काठमाडौँ । सन् २०२४ को वसन्त याममा सगरमाथा आरोहणका लागि चार सय

सुनिल पौडेललाई ९ वर्षको कैद र २३ करोड २६ लाख जरिवानाको फैसला

काठमाडौं । नेपाल टेलिकमका निलम्बित प्रबन्ध निर्देशक सुनिल पौडेललाई ९ वर्षको कैद सजाय