मैले पार्टीको नेतृत्वबाट मात्र राजीनामा दिएको हो, राजनीतिबाट होइन



रवीन्द्र मिश्र ।

मेरो मौनताबाट कतिपय शुभेच्छुकहरूमा म कतै राजनीतिबाटै बाहिरिन लागेको हुँ कि भन्ने शंका उब्जिएको पाएँ। स्थानीय निर्वाचनमा पार्टीको निराशाजनक नतिजा आएपछि मैले पार्टीको नेतृत्वबाट मात्र राजीनामा दिएको हो -राजनीतिबाट होइन। पार्टीमा १६३ जना केन्द्रीय सदस्यहरू हुनुहुन्छ। पार्टी उहाँहरूले अगाडि लैजानु नै हुनेछ भन्ने विश्वास लिएको छु। म साधारण सदस्य रहने नै छु।

राजनीतिको मेरो एउटैमात्र लक्ष्य भनेको यो देशको दूरगामी हित र दशकौँदेखि जसको नाममा राजनीति गरियो तर जसलाई राजनीतिले कहिल्यै स्पर्शै गरेन तिनको जीवनको रूपान्तरण हो। ती दुई लक्ष्य हासिल गर्ने प्रयासबाट म विचलित भएको छैन।
कसरी त्यो संभव होला भन्ने मन्थन मैँ छु। मन्थनबाट निस्किएको निष्कर्ष लिएर उपस्थित हुने नै छु।सबैको साथ पाए निश्चय पनि लक्ष्यमा पुग्न सहज हुनेछ। अन्यथा, यो देशको लागि जे गर्दा राम्रो हुन्छ भन्ने लाग्छ, त्यसबारे विश्वास दिलाउन प्रयास गरि नै रहनेछु।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
ललितपुरको आनन्द वनमा भीषण डढेलो, एक जनाको मृत्यु(भिडियोसहित)

काठमाडौं । ललितपुरमा डढेलो निभाउने क्रममा घाइते भएका एकजनाको उपचारका क्रममा मृत्यु भएको

काठमाडौँमा वायु प्रदूषणको स्तर उच्च, बाहिर निस्कदा मास्क लगाउन मन्त्रालयको आग्रह

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले काठमाडौँमा वायु प्रदूषण बढेकाले मास्क लगाउन आग्रह

सामाजिक संजालमार्फत सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता लिने टीका बनिन् कृषिमन्त्री

सुदूरपश्चिम । सुदूरपश्चिममा नागरिक उन्मुक्ति पार्टीकी टीका थापा मन्त्री बनेकी छन् । भूमि

संकल्प प्रस्ताव पारित गराएर अर्को मुख्यमन्त्री चयन हुनैसक्दैनः मुख्यमन्त्री कार्की

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले प्रदेश प्रमुख पर्शुराम खापुङलाई पत्र पेस