धनगढीमा गोपाल हमालले १२,३०४ मत ल्याउँदा एमाले २ र कांग्रेस ५ हजारमा सीमित



धनगढी । कैलालीको धनगढी उपमहानगरपालिकामा मतगणना जारी छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार बुधबारसम्म अपरान्हसम्म २६ हजार ४१९ मतगणना भएको छ। पाँच बजे सार्वजनिक गरिएको मतपरिणाम अनुसार मेयरमा स्वतन्त्र उम्मेदवार गोपाल हमालले १२ हजार ३०४ मत पाएका छन् ।

यस्तै गठबन्धनबाट नेपाली काँग्रेसका उम्मेदवार नृपबहादुर वडले ५ हजार ८९२ र नेकपा एमालेका रणबहादुर चन्दले २ हजार ७५२ मत पाएका छन्। हमाल र वडबीच ६ हजार ४१२ मतको अन्तर छ । यस्तै उपमेयरमा माओवादी केन्द्रकी शान्ति अधिकारीले ५ हजार ३०९ मतका साथ अग्रता लिइरहेकी छन् ।

एमालेकी कन्दकला रानाले ४ हजार ७ सय र स्वतन्त्र उम्मेदवार प्रभाकर भण्डारीले ३ हजार १५९ मत पाएका छन् । अहिलेसम्म वडा नम्बर १, २, ३, १८ र १९ को मतगणना सम्पन्न भएको छ। अहिले ४, ५, १६ र १७ नम्बर वडाको मतगणना भइरहेको छ। शुक्रबार भएको स्थानीय तह निर्वाचनमा धनगढीमा रहेका ९३ हजार १५१ मतदातामध्ये ६३ हजार ७१५ जनाले मतदान गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
मटिहानीका खरानीका घर फेरि बौरिने प्रतीक्षामा पीडित

महोत्तरी । बालबालिका न हुन्, घरबारविहीन भई खुला आकाशमुनि आउँदा पनि निस्फिक्री जीवन

एमाले जुम्लाको अध्यक्षमा महत निर्वाचित

  जुम्ला ।  नेपाल कम्युनिष्ट पार्टी एमाले जुम्लाको अध्यक्षमा शान्तिलाल महत निर्वाचित भएका

काठमाडौँ बन्यो विश्वकै सबैभन्दा प्रदूषित सहर

काठमाडौँ ।  काठमाडौँ  बिहीबार फेरि वायु प्रदूषणको हिसाबले विश्वकै पहिलो प्रदूषित सहरका रुपमा

‘कोशीका मुख्यमन्त्री कार्कीले सदनले गरेको निर्णय नमान्ने भन्दै हिँड्ने भएको छ, विशेषाधिकार हननमा कारबाही हुन सक्छ’

विराटनगर । नेकपा एमाले र माओवादी केन्द्रले कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले प्रदेशसभाको