पाँच वर्षमाथिका बालबालिकालाई फाइजरको खोप दिन अमेरिकी विज्ञको सिफारिस



अमेरिकी सरकारको एउटा प्यानलले फाइजर/बायोएनटेक खोप ५ देखि ११ वर्षका बालबालिकालाई दिनुपर्ने भन्दै त्यसका लागि सिफारिस गरेको छ । त्यहाँको खाद्य तथा औषधिसम्बन्धी प्रशासन (एफडिए) का विज्ञहरूले मङ्गलवार उक्त कदमको समर्थन गरेपछि केही साताभित्रै अनुमति दिने बाटो खुलेको हो ।

सेप्टेम्बरमा, खोप निर्माता कम्पनीले परीक्षणबाट उक्त उमेर समूहका बालबालिकाका लागि खोप सुरक्षित रहेको देखाएको जनाएको थियो । अमेरिकाले उक्त खोप १२ वर्षमाथिकालाई यसअघि नै दिन थालेको हो ।

हालैको यो निर्णयले २ करोड २० लाख अमेरिकी बालबालिका लाभान्वित हुनेछन् । अब उक्त निर्णय कार्यान्वयनमा आउन एफडिए र सेन्टर्स फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन (सीडीसी) ले थप अनुमति दिनुपर्छ ।

ती निकायले नोभेम्बर २ तारिखमा त्यस्तो अनुमति दिने ठानिएको छ जसको अर्थ खोप लगाउन त्यसकै भोलिपल्टबाट सुरु हुनसक्छ । एफडिएका विज्ञहरूको टोलीले खोप लगाउनुको फाइदा त्यसले निम्त्याउनसक्ने अन्य स्वास्थ्य खतराभन्दा बढी हुने भन्दै त्यसप्रति आफूहरू प्रतिबद्ध रहेको बताएका छन् ।

कम्पनीको परीक्षण विवरण गत सेप्टेम्बरमा नियामकहरूलाई पठाउँदा उनीहरूले उक्त उमेर समूहमा खोपले राम्रो प्रतिक्रिया देखाएको जनाएका थिए ।

५ देखि ११ वर्ष उमेरका बालबालिकालाई वयस्कलाई दिइएको खोपको एक तिहाइ मात्रा दिइनेछ । नियामकहरूले बालबालिका खोप लगाएपछि मुटुमा जलन हुने सम्भावना कति रहन्छ भन्ने पनि हेर्नुपर्ने हुन्छ । फाइजर र मोर्डनाका खोपहरूले मुटुमा जलन हुने एउटा अति दुर्लभ सम्भावना पनि देखाउँछ ।

अमेरिकाको आधिकारिक तथ्याङ्क अनुसार महामारी सुरु भएयता कोभिडका कारण ५ देखि ११ वर्ष उमेरका १६० बालबालिकाको ज्यान गएको छ। देशभरि अहिलेसम्म कोरोनाभाइरसका कारण ७ लाख ४० हजारको मृत्यु भएको तथ्याङ्क छ । लाखौँ मानिसहरू सङ्क्रमित भएका छन् र हजारौँलाई अस्पतालमा भर्ना हुनुपरेको थियो।

तीमध्ये पाँच हजार भन्दा बढी बिरामीमा जलन हुने एउटा दुर्लभ समस्या देखिएको थियो जसका कारण अमेरिकामा ४६ बालबालिकाको मृत्यु भएको थियो । यसैबीच बेलायतले भने १२ देखि १५ वर्ष उमेरका बालबालिकालाई खोप दिन भर्खरै सुरु गरेको छ । त्यहाँका प्रमुख मेडिकल अधिकारीले उक्त उमेर समूहका बालबालिकालाई एक मात्रा खोप दिन सुझाएका छन्। तर यसको मापदण्ड अन्य देशमा फरक फरक छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
माधव नेपाल र विप्लवसँग पार्टी एकताको कुरा भइरहेको छः अध्यक्ष प्रचण्ड

काँक्रेविहार (सुर्खेत)। नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले

बालेन भन्छन् -तिम्रा पीडककाविरूद्धमा मुद्दा नचल्ने बनाइएछ, नआत्तिनु, समय आउँछ

काठमाडौं । काठमाडौं महानरपालिकाका मेयर बालेन साहले घरेलु बाल श्रमिक राखेको आरोप लागेकी

सरकारलाई अध्यादेश घाँटीमा अड्केको हड्डीजस्तै भएको छः उपमहासचिव शर्मा

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले भ्रष्टाचारको छानबिन गर्न शक्तिशाली आयोग

मुख्यमन्त्री आचार्यद्वारा प्रादेशिक अस्पतालको भवन अनुगमन

लुम्बिनी । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले लुम्बिनी प्रादेशिक अस्पतालको निर्माणाधीन भवनको अनुगमन