नेपालको स्वतन्त्रताकाबारेमा भारतले नभुलोस्ः प्रचण्ड



काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपालको सार्वभौमिकताको भारतले सम्मान गर्नुपर्ने बताएका छन् । नेपालका लागि पूर्वभारतीय राजदुत रञ्जित रेद्वारा लिखित पुस्तक ‘काठमाण्डू डिलेमाः रिसेटिङ इन्डिया–नेपाल टाइज’को सन्दर्भमा सोमबार आयोजित अन्तरक्रियामा अध्यक्ष प्रचण्डले नेपालको स्वतन्त्रता र सार्वभौमिकताको भारत सरकारले सम्मान गर्नुपर्ने बताएका हुन् ।

भारनीय प्रधानमन्त्रीले संविधानसभामा आएर नेपाल स्वतन्त्र सार्वभौमसत्ता सम्पन्न राष्ट्र हो भन्दा नेपालका सांसदहरुले तालि बजाएको कुरालाई स्मरण गर्दै अध्यक्ष प्रचण्डले नेपाल स्वतन्त्र राष्ट्र हो भन्दा ताली बजाउनेहरुलाई ताली बजाइरहने बनाउन आग्रह गरे ।

नेपाल भारत सीमा समस्या रहेको उल्लेख गर्दै उनले सीमा समस्यालाई संबादको माध्यमबाट समाधान गर्न सकिने बताए । उनले भने, ‘मोदीजीले जसरी आएर संविधानसभामा बोल्नुभयो । यसो हेर्दा त ताली लगाउनुपर्ने कुरा त होइन । सार्वभौमसत्ता सम्पन्न नेपाली राष्ट्र हो नि । उहिले नि थियो । अहिले नि छ भोलि नि हुन्छ । तर हामीले तालि लगाइयो त्यहाँ । बडो उत्तेजित भइयो खुसी भइयो । यो कुराको हिसाबचाहिँ अलि राम्रोसँग भारतले गर्नुपर्छ भन्ने लाग्छ मलाई । यो कुरालाई भारतीय नेतृत्वले, भारतीय बुद्धिजिवीहरुले गहिरो गरी समिक्षा गर्नुपर्दछ । सीमा समस्याको पनि संबादद्वारा उदार मन लिएर समाधान गर्न नसकिने कुरा छैनन् । हामी मिल्नुको विकल्प छैन ।’

उनले नेपालको राष्ट्रिय स्वार्थमा भारतले बाधा नपुर्याएमा भारतसँग मित्रता हुने पनि बताए । नेपाल र भारतले एक अर्काको राष्ट्रिय स्वार्थमा बाधा नपुर्याई सहयोग गर्ने प्रक्रियाको सुरुवात गरेमा दुई देश बीचको सम्बन्ध सुदृढ हुने उनले उल्लेख गरे ।

उनले भने, ‘यदि नेपालको स्वार्थमा भारतले बाधा होइन, सहयोग पुर्याएको छ भने भारतसँग हाम्रो राम्रो मित्रता हुन्छ । नेपालमा जुनसुकै सिस्टम होस् नेपालको सिस्टमले भारतको स्वार्थलाई बाधा पुर्याएको छैन बरु त्यो सँग सहयोगी हुन मद्दत गरेको छ भने नेपालसँग भारतको पनि राम्रो सम्बन्ध हुन्छ । दुबै देशको नेशनल इन्ट्रेष्टलाई एक अर्काले सम्मान गर्ने, सहयोग गर्ने प्रक्रियाको सुरुवात गरियो भने दुनियाँको कुनैपनि तागतले हाम्रो सम्बन्ध सुदृढ हुन रोक्न सक्दैन । हामी सबै त्यतैतिर लागौँ ।’

उनले नेपालमा चलेको दशवर्षे जनयुद्धलाई शान्ति प्रक्रियामा ल्याउनका लागि भारतको सकारात्मक धारणा भएका कारणले सम्भव भएको पनि बताए । भारतको सकारात्मक धारण नभइदिएको भए माओवादी वा तत्कालीन सात दलको मात्रै चाहनाले मात्रै शान्ति प्रक्रियामा आउन सम्भव नहुने उनको भनाइ थियो । अध्यक्ष प्रचण्डले माओवादी जनयुद्ध भारतको सहयोगमा भएको भन्ने प्रचारबाजी झुठो भएको बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
प्रधानमन्त्रीद्वारा देशकै सर्वाधिक ठूलो विद्युत् सबस्टेसन उद्घाटन

  काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजधानीको चन्द्रागीरि नगरपालिका–८ स्थित हालसम्म देशकै

सम्पत्ति शुद्धीकरण मुद्दामा लम्बोदर न्यौपानेलाई तीन वर्ष कैद र २५ करोड जरिवाना

काठमाडौं । सम्पत्ति शुद्धीकरण मुद्दामा दोषी ठहर भएका नेपाल इन्जिनियरिङ कलेजका सञ्चालक समितिका

इलाम–२ मा कांग्रेस उम्मेदवारकै अग्रता

  इलाम ।  इलाम–२ मा भएको उपनिर्वाचन अन्तर्गत फाकफोकथुम गाउँपालिका–१, २ र ३

इलाममा कांग्रेसका खड्काको अग्रता रास्वपाका लिम्बू तेस्रोमा

इलाम । इलाम निर्वाचन क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका डम्बरबहादुर खड्काको अग्रता