प्रदेश एकको प्रदेशसभा बैठक कात्तिक १५ गतेसम्मका लागि स्थगित



विराटनगर । प्रदेश एकको प्रदेशसभा बैठक कात्तिक १५ गते बस्ने भएको छ । आइतबार मध्यान्ह साढे १२ बजेका लागि बोलाइएको बैठक नेकपा एमाले र नेपाली कांग्रेसले संसद् बैठक स्थगित गर्न निवदेन दिएपछि कात्तिक १५ गते सोमबार मध्यान्ह साढे १२ बजे बस्ने गरी स्थगित गरिएको हो । मुख्यमन्त्री भीम आचार्यले आइतबार विश्वासको मत लिने कार्यसूची थियो ।

सुरुमा कांग्रेसका मुख्य सचेतक केदार कार्कीले बाढी पहिरो निरीक्षण गर्नका लागि प्रधानमन्त्री शेरबहादुर देउवाको भ्रमण रहेको र त्यसमा सांसदहरु सहभागी हुन पर्ने भन्दै आइतबारको बैठक स्थगित गर्नका लागि माग गरेका थिए ।

त्यस लगत्तै सत्तारुढ एमालेले पनि पार्टीको पालिका अधिवेशनको तयारी र केन्द्रीय कमिटीको बैठकमा सहभागी हुनुपर्ने भएकाले बैठक कात्तिक १५ गतेसम्मका लागि बैठक स्थगित गर्न माग गर्दै संसद् सचिवालयमा निवेदन दर्ता गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
विशेष अदालतबाट पशुपतिको जलहरी प्रकरणमा मुछिएका सबैलाई सफाइ

काठमाडौं । पशुपतिनाथको जलहरी प्रकरणमा मुछिएका तीन प्रतिवादीले सफाइ पाएका छन् । मंगलबार

अब इलामको विकासको जिम्मा सुहाङले लिनेछन् र सुहाङको जिम्मा म लिनेछु : अध्यक्ष ओली

फिक्कल (इलाम) । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा

आगलागीबाट सप्तरीमा एउटा बस्ती नै सखाप(फोटोफिचर)

सप्तरी । सप्तरीको महादेवा गाउँपालिकामा मंगलबार भीषण आगलागी भएको छ । आगलागीबाट एक

आर्थिक वृद्धि लक्ष्यको आधा बराबर मात्रै हासिल हुने अनुमान

काठमाडौँ । राष्ट्रिय तथ्याङ्क कार्यालयले चालु आर्थिक वर्ष २०८०/८१ मा नेपालले तीन दशमलव