अब इलामको विकासको जिम्मा सुहाङले लिनेछन् र सुहाङको जिम्मा म लिनेछु : अध्यक्ष ओली



फिक्कल (इलाम) । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सुहाङ नेम्बाङले सांसदमा विजय हासिल गरेसँगै इलामले थप समृद्धि हासिल गर्ने विश्वास व्यक्त गरेका छन् । प्रतिनिधिसभा सदस्य उपनिर्वाचनमा इलाम–२ बाट एमाले उम्मेदवार सुहाङ निर्वाचित भएपछि आज इलाम चोकबजारमा आयोजित विजय सभालाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् । “तपाईंहरुले युवा नेता सुहाङलाई जिताएर पठाउनुभयो, यसका लागि इलामको जनतालाई धन्यवाद दिन चाहन्छु ”, अध्यक्ष ओलीले भने, “ अब इलामको विकासको जिम्मा सुहाङले लिनेछन् र सुहाङको जिम्मा म लिनेछु ।”

अध्यक्ष ओलीले देशलाई आर्थिकरुपमा समृद्ध बनाउने कार्ययोजना एमालेसँग मात्र भएको दाबी गरे । उनले भने, “मुलुकलाई आर्थिकरुपमा बलियो र समृद्ध बनाउने कार्ययोजना एमालेसँग मात्र छ, अहिलेसम्मको सबै कामको नेतृत्व एमालेले नै गरेको छ ।”

अध्यक्ष ओलीले सुवास नेम्बाङले थाल्नुभएको विकासको अभियानलाई पूर्णता दिनका लागि सुहाङ उपयुक्त पात्र रहेको उल्लेख गरे । उनले सुवास जनताको लागि लड्ने योद्धा भएको स्मरण गर्दै उनका छोरा सुहाङ पनि योद्धा नै भएको दाबी गरे । उनले भने, “सुवास त संविधानको निर्माता, एउटा सांसद, जनताका लागि लड्ने योद्ध हुनुहुन्थ्यो, योद्धाको छोरा पनि योद्धा नै हुन्छ ।”

ओलीले आफ्ना उम्मेद्वार जिताउन सहयोग गरेको जनाउँदै नेकपा (माओवादी केन्द्र) समेत धन्यवाद दिए । कार्यक्रममा नवनिर्वाचित प्रतिनिधिसभा सदस्य सुहाङले इलामे जनताको लागि इमान र निष्ठापूर्वक काम गर्ने प्रतिबद्धता जनाए ।

“म मेरो बाबुको अपूरो र अधुरो सपना पूरा गर्न राजनीतिमा आएको हुँ, इमान र निष्ठाका साथ जनताको काम गर्नेछु”, उनले भने, “०८४ को निर्वाचनमा एमालेले जनताको घरघरमा भोट माग्नै नपर्ने गरी काम गरेर देखाउनेछु, इलामे जनता र मतदाताको शिर झुक्ने काम कहिले गर्ने छैन ।”

कार्यक्रममा माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं इलाम इञ्चार्ज धीरेन्द्र शर्मा र नेकपाका केन्द्रीय सदस्य एवं इलाम इञ्चार्ज सुमन सीले बामपन्थी गठबन्धनलाई जनताले अनुमोदन गरेको जनाउँदै धन्यावाद ज्ञापन गरे । सुहाङले कांग्रेसका उम्मेदवार डम्बरबहादुर खड्कालाई पाँच हजार आठ सय ३० मतको फराकिलो अन्तरले पराजित गरेका थिए । सुहाङले २७ हजार सात सय ७२ मत पाउँदा निकटतम प्रतिस्पर्धी खड्काले २१ हजार नौ सय ४२ मत प्राप्त गरेका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सिरोहिया पक्राउ स्वीकार्य छैनः शेखर कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कान्तिपुर मिडिया ग्रुुपका अध्यक्ष कैलाश

सिरोहियालाई पक्राउ गरेर प्रचण्डले ज्ञानेन्द्रपथ अनुशरण गर्नुभयोः बाबुराम भट्टराई

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई पक्राउ

राप्रपाद्वारा काठमाडौंमा मोटरसाइकल र्‍याली, ४० बुँदे माग पूरा गर्न माग

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)ले सरकारलाई बुझाइएको ४० बुँदे मागको कार्यान्वयनमा दबाब दिने

गृहमन्त्री भन्दा पत्नी निकिता धनी, ८० तोला सुन, २० केजी चाँदी, अरु सम्पत्ति कति ?

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको पनि सम्पत्ति विवरण सार्वजनिक गरिएको छ