‘रवीन्द्र मिश्रको प्रस्तावबाट वैकल्पिक राजनीतिको सपना बोकेका युवा सतर्क रहून्’



काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले जनताको वलिदानीपूर्ण संघर्षबाट प्राप्त उपलब्धीका विरूद्ध कसैले बोल्यो भन्दैमा तरंगित हुनु नपर्ने बताएका छन् ।

विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले संघीयता खारेज गर्न र धर्मनिरपेक्षताबारे जनमत संग्रह गर्ने प्रस्ताव गरेपछि त्यसको जवाफमा भट्टराईले गणतन्त्रविरूद्ध धूप हाल्नेहरू राजतन्त्रका भूतमात्र भएको बताएका हुन् ।

उनले भनेका छन्, ‘झिंगाको सरापले डिंगा मर्दैन ! कसैले चर्चा बटुल्न जनताको वलिदानीपूर्ण संघर्षबाट प्राप्त उपलब्धीको विरूद्ध बोल्यो भन्दैमा तरंगित हुनपर्दैन । संघीय लोकतान्त्रिक गणतन्त्रविरूद्ध धूप हाल्नेहरू राजतन्त्रका भूतमात्र हुन् भन्न डराउनुपर्दैन ! बरू वैकल्पिक राजनीतिको सपना बोकेका युवा सतर्क रहून् !’

मिश्रले सोमबार आफ्नो व्यक्तिगत धारणा भन्दै संघीयता खारेजी र धर्मनिरपेक्षताकाबारेमा जनमत संग्रहको प्रस्ताव गरेका थिए । उनको त्यो प्रस्तावको उनकै पर्टीभित्र पनि विरोध भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
‘म यो घटनाको निर्दोष पात्र हुँ र मलाई यो घटना कसले कसरी घटाउन लगाएको राम्रै थाहा छ’

काठमाडौं । बलात्कार मुद्दामा जिल्ला अदालत काठमाडौँबाट दोषी ठहर भएका क्रिकेटर सन्दीप लामिछानेले

एकीकृत समाजवादी सरकारबाट नबाहिरिने

काठमाडौं । नेकपा एकीकृत समाजवादी गठबन्धन सरकारबाट नबाहिरिने भएको छ । मंगलबार बसेको

सगरमाथा आरोहणका लागि चार सय १४ जनाले लिए अनुमति

  काठमाडौँ । सन् २०२४ को वसन्त याममा सगरमाथा आरोहणका लागि चार सय

सुनिल पौडेललाई ९ वर्षको कैद र २३ करोड २६ लाख जरिवानाको फैसला

काठमाडौं । नेपाल टेलिकमका निलम्बित प्रबन्ध निर्देशक सुनिल पौडेललाई ९ वर्षको कैद सजाय