भारतमा कोरोना संक्रमणबाट एकैदिन ४१ सय ९४ को मृत्यु



भारत । कोरोना भाईरस संक्रमणको दोस्रो लहरको ‘हटस्पट’ बनेको भारतमा शनिबार पनि संक्रमितको दैनिक वृद्धि ४ लाख नाघेको छ ।

पछिल्लो २४ घण्टामा ४ लाख १ हजार ३२६ जनामा संक्रमण पुष्टि भएको छ । यसअघि भारतमा पहिलो पटक गत १८ वैशाखमा संक्रमितको दैनिक वृद्धि ४ लाख नाघेको थियो । संक्रमितको संख्या २४ वैशाखमा सबैभन्दा उच्च विन्दुमा ४ लाख १४ हजार ४३३ पुगेको थियो । भारतमा कुल संक्रमितको संख्या २ करोड १८ लाख ८६ हजार ६११ पुगेको छ ।

यस्तै, पछिल्लो २४ घण्टामा ४१ सय ९४ संक्रमितको मृत्यु भएको छ । भारतमा दैनिक रुपमा संक्रमणबाट हुने मृत्युदर समेत बढिरहेको छ । पछिल्लो केही दिनयता दैनिक मृतकको संख्यामा समेत रेकर्ड बन्न थालेको छ । भारतमा कुल मृतक संख्या २ लाख ३४ हजार ७१ पुगेको छ ।

संक्रमितमध्ये १ करोड ७९ लाख १७ हजार ८५ जना निको भइसकेका छन् । ३७ लाख ३१ हजार २६१ सक्रिय संक्रमित रहेका छन् ।

हालसम्म भारतमा १ करोड ७५ लाख ९७ हजार ४१० जना संक्रमणमुक्त भएका छन् भने सक्रिय संक्रमितको संख्या ३६ लाख ५३ हजार ८०४ रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
अछाममा चट्याङ लागेर ६ वर्षीय बालकको मृत्युु, डडेल्धुरामा तीन घाइते

अछाम । चट्याङ लागेर रामारोशन गाउँपालिका–७ मेलकाटिया निवासी कमल भण्डारीका ६ वर्षीय छोरा

१० लाख रुपैयाँमा सुरु गरेको बेकरीबाट मासिक २ लाख आम्दानी गर्दै धरानका दुई युवा

धरान ।  ‘देशमा रोजगारीको अभाव र लगानीको वातावरण छैन’ भन्नेहरूका लागि धरानका दुई

म्यान्माका सयौँ सरकारी कर्मचारी जातीय सशस्त्र समूहको कब्जामा

  म्यान्माको एक जातीय सशस्त्र समूहले उसले एक सैन्य कमान्डलाई कब्जा गरेको र

युक्रेन युद्ध रोक्न र निष्पक्ष व्यापारमा सहमत हुन सीलाई म्याक्रोनको दबाब

  फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोन र युरोपेली सङ्घ (इयु) आयोगका अध्यक्ष उसुला भान