राष्ट्रिय सभा उपनिर्वाचनको उम्मेदवारी मनोनयन आज



काठमाडौं । बागमती प्रदेशमा रिक्त राष्ट्रिय सभा सदस्य पदको उपनिर्वाचनमा लागि आज उम्मेदवारी मनोनयन हुँदैछ । हेटौंडास्थित निर्वाचन अधिकृतको कार्यालयमा बिहान १० देखि अपरान्ह ४ बजेसम्म उम्मेदवारी दर्ता गरिने निर्वाचन आयोगले जनाएको छ ।

नेकपा एमालेको केपी ओली समूहमा प्रवेश गरेका रामबहादुर थापालाई माओवादी केन्द्रले कारबाही गरेपछि उनको बागमती प्रदेशमा एउटा पद रिक्त भएको हो । त्यसको पूर्तिका लागि जेष्ठ ६ गते मतदान हुनेछ । प्रदेश सभा सदस्य र पालिका प्रमुख र उपप्रमुखले मतदान गर्ने छन् ।

बागमती प्रदेशमा १ सय १० सांसद र २३८ पालिका प्रमुख उपप्रमुख गरी कुल ३ सय ४८ जना मतदाताले मतदान गर्न पाउने छन् । विपक्षी गठबन्धन नेपाली कांग्रेस, माओवादी केन्द्र र नेकपा एमालेकै नेपाल पक्षले खिमलाल देवकोटालाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

सत्तारुढ दल एमालेले मनोनयन दर्ताको दिनसम्म पनि उम्मेदवार चयन गर्न सकेको छैन । सुरुमा थापालाई उम्मेदवार बनाउने एमालेको तयारी थियो । तर एमालेको नेपाल पक्ष विपक्षी गठबन्धनमा उभिएपछि थापा उम्मेदवार बन्न हच्किएको पाइएको छ ।

जित सुनिश्चित भएपछि मात्र उम्मेदवार बन्ने थापाले अडान लिएपछि एमाले स्थायी कमिटीको बिहीबारको बैठकले कुनै निर्णय लिन सकेको थिएन । त्यसका लागि एमालेका स्थायी कमिटी बैठक आज बस्दैछ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
विकासका उपलब्धि जोगाउन सार्थक सहयोगका लागि स्वास्थ्यमन्त्री यादवको जोड

काठमाडौँ । उपप्रधानमन्त्री एवं स्वास्थ्य जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले स्वास्थ्य क्षेत्रमा नेपालले हासिल गरेका

सहकारीमा डुबेको आमनागरिकको ४९ अर्ब फिर्ता होला ?

सहकारी संस्थामा फसेको आमनागरिकको बचत रकम ४९ अर्ब रुपैयाँ पुगेको छ। २४ वर्षअघिदेखि

इलाम–२ मा रास्वपाका उम्मेदवारको जमानत जफत

इलाम । प्रतिनिधिसभा इलाम क्षेत्र नं २ मा इलाम–२ मा सम्पन्न उपनिर्वाचनमा १६

इलाम – २ मा नेकपा एमालेका सुहाङ नेम्वाङ विजयी

फिक्कल (इलाम) । प्रतिनिधिसभा इलाम क्षेत्र नम्बर– २ मा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का