इलाम – २ मा नेकपा एमालेका सुहाङ नेम्वाङ विजयी



फिक्कल (इलाम) । प्रतिनिधिसभा इलाम क्षेत्र नम्बर– २ मा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उम्मेदवार सुहाङ नेम्वाङ २७ हजार सात सय ७२ मतका साथ विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका डम्बरबहादुर खड्काले २१ हजार ९ सय ४२ मत प्राप्त गरेका छन् । एमाले उम्मेदवार नेम्वाङलाई नेपाल परिवार दलको पनि समर्थन थियो ।

एमाले उम्मेदवार नेम्वाङले २७ हजार सात सय ७२ मतका साथ निर्वाचित भएको मुख्य निर्वाचन अधिकृत केशवप्रसाद घिमिरेले भएको बताए ।

उनका अनुसार पहिचानवादी स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह लिम्बू (थेगिम)ले ११ हजार चार सय ५७ मत र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का मिलन लिम्बूले पाँच हजार ५० मत प्राप्त गरेका छन् । मङ्गोल नेशनल अर्गनाइजेशनका मनिबहादुर लिम्बूले आठ सय १६ मत प्राप्त गरेका छन् ।

एक लाख १५ हजार आठ सय ८९ मतदाता रहेको सो क्षेत्रमा ६९ हजार दुई सय ८७ जनाले मतदान गरेका थिए । यो निर्वाचनमा १२ राजनीतिक दलका र सात स्वतन्त्रसहित १९ जना चुनावी प्रतिस्पर्धामा थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
संसदीय समितिको कार्यादेशमा सत्तापक्ष र प्रतिपक्षीको असहमति कायमै

काठमाडौं । सहकारी ठगीका विषयमा छानबिन गर्न गठन गर्ने भनिएको संसदीय छानबिन समितिको

मधेस सरकारको नेतृत्व परिवर्तन हुन्छ : अध्यक्ष नेपाल

जनकपुरधाम । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले देशको बदलिँदो राजनीति

माइक्रोबस र टिपर ठोक्किँदा चितवनमा १३ जना घाइते, दुईको अवस्था गम्भीर

मुग्लिन (चितवन) । माइक्रो बस र टिपर एकापसमा ठोक्किँदा १३ जना घाइते भएका

बेलायती प्रधानमन्त्री सुनकद्वारा द्विपक्षीय सम्बन्धलाई सुदृढ तुल्याउन ‘ब्रिटिस गोर्खा’को योगदानको प्रशंसा

काठमाडौँ । बेलायतका प्रधानमन्त्री ऋषि सुनकले जलवायु परिवर्तनका क्षेत्रमा नेपाललाई सघाउने बताएका छन्