भारतमा ४ लाख १४ हजारबढी कोरोना संक्रमित थपिए,३९२० को मृत्यु



भारत । कोरोना भाईरस संक्रमणको दोस्रो लहरको ‘हटस्पट’ बनेको भारतमा संक्रमणको दैनिक वृद्धिमा फेरि नयाँ रेकर्ड कायम भएको छ ।

पछिल्लो २४ घण्टामा ४ लाख १४ हजार ४३३ जनामा संक्रमण पुष्टि भएको छ । एकैदिन संक्रमित हुनेको यो संख्या अहिलेसम्मको सबैभन्दा उच्च हो । यसअघि विहीबार ४ लाख १२ हजार ६१८ जनामा संक्रमण पुष्टि भएको थियो । १८ वैशाखमा भारतमा पहिलो पटक संक्रमितको दैनिक वृद्धि ४ लाख नाघेको थियो । भारतमा कुल संक्रमितको संख्या २ करोड १४ लाख ८५ हजार २८५ पुगेको छ ।

यस्तै, पछिल्लो २४ घण्टामा ३९ सय २० संक्रमितको मृत्यु भएको छ । दोस्रो लहरको संक्रमण बढ्दै जाँदा भारतमा मृतक संख्या पनि दिनदिनै बढ्दो क्रममा छ । भारतमा कुल मृतक संख्या २ लाख ३४ हजार ७१ पुगेको छ ।

हालसम्म भारतमा १ करोड ७५ लाख ९७ हजार ४१० जना संक्रमणमुक्त भएका छन् भने सक्रिय संक्रमितको संख्या ३६ लाख ५३ हजार ८०४ रहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कतारबाट कसैको २५ ग्राम सुन ल्याइदिएका सितेन्द जब अपहरणमा परे…

काठमाडौं । वैदेशिक रोजगारीबाट घर फर्किँदा अर्काले पठाएको सुन बोकेका एक युवक कल्पनै

प्रधानमन्त्रीद्वारा मध्यपश्चिममा गौतम र पूर्वाञ्चलको उपकुलपतिमा थपलिया नियुक्त

काठमाडौँ । सरकारले दुई विश्वविद्यालयका उपकुलपति नियुक्त गरेको छ । मध्यपश्चिम विश्वविद्यालयको उपकुलपतिमा

ललितपुरको आनन्द वनमा भीषण डढेलो, एक जनाको मृत्यु(भिडियोसहित)

काठमाडौं । ललितपुरमा डढेलो निभाउने क्रममा घाइते भएका एकजनाको उपचारका क्रममा मृत्यु भएको

कोलम्बियामा सैनिक हेलिकप्टर दुर्घटना हुँदा ९ सैनिकको मृत्यु

  उत्तरी कोलम्बियामा सैनिकहरूलाई आपूर्ति गरेर फर्कने क्रममा सोमबार सेनाको हेलिकप्टर दुर्घटना हुँदा