माओवादी केन्द्रले सरकार गठनका लागि कांग्रेस र जनता समाजवादी पार्टीसँग छलफल गर्ने



काठमाडौँ । नेकपा माओवादी केन्द्रले सरकार गठनका लागि कांग्रेस र जनता समाजवादी पार्टीसँग छलफल गर्ने भएको छ । मंगलबार पार्टी मुख्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकले सरकार गठनका लािग कांग्रेस र जसपासँग वार्ता अगाडि बढाउने निर्णय गरेको नेता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

श्रेष्ठले नेकपा एमालेसँग पनि वार्ता हुने तर मुख्य जोड कांग्रेस र जसपासँग हुने बताए । साथै बैठकले पार्टीलाई प्रशिक्षित गर्न फागुन २९ गते काठमाडौंमा केन्द्रीय कमिटी बैठक र चैत १ कार्यकर्ता भेलाको आयोजना गर्ने पनि उनले बताए ।

बैठकमा सरकारलाई दिएको समर्थन फिर्ता लिनेबारे कुनै छलफल नभएको श्रेष्ठले बताए । माओवादीबाट सरकारमा रहेका मन्त्रीले पछिल्लो परिस्थिअनुसार आफ्नो दृष्टिकोण र धारणा प्रस्तुत गर्ने अपेक्षा गरेको र त्यसपछि मात्रै पार्टीले थप निर्णय गर्ने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
गण्डकीका आठ हजार २७७ हेक्टर वन क्षेत्र डढेलोबाट प्रभावित

गण्डकी । गण्डकी प्रदेशका विभिन्न चार सय ६७ स्थानमा डढेलो लागेको छ ।

लगानी सम्मेलनमा पिपिपी सहकार्यका लागि दुई संस्थाबीच समझदारी

  काठमाडौँ । काठमाडौंमा जारी तेस्रो लगानी सम्मेलनका क्रममा नेपालमा सार्वजनिक–निजी साझेदारी (पिपिपी)

इलाममा २७ हजार मतगणना हुँदा रास्वपा चौथोमा सीमित

    फिक्कल (इलाम) ।  प्रतिनिधिसभा सदस्यका लागि इलाम–२ मा भएको उपनिर्वाचनको मतगणना

देशका अधिकांश भू–भागको तापक्रम बृद्धि, तातो हावाको लहर अझै बढ्ने

काठमाडौँ । विगत केही दिनदेखि देशका अधिकांश भू–भागको अधिकतम तथा न्यूनतम तापक्रम क्रमिकरुपमा