मैले किन राजकीय जीवन छाडें ?



ब्रिटेनका ड्यूक अफ ससिक्स राजकुमार ह्यारीले भनेका छन्, उनले आफू र उनको परिवारलाई ब्रिटेनको प्रेस अर्थात् पत्रकारिता जगतले सिर्जना गरेको ‘विषालु’ अवस्थाबाट जोगाउन राजकीय जिम्मेवारीहरूबाट अलग हुनु परेको बताएका छन् ।

राजकुमार ह्यारीले एउटा टेलिभिजन कार्यक्रम प्रस्तोता जेम्स कोर्डेनलाई दिएको अन्तर्वार्ताका क्रममा ब्रिटेनको प्रेसका कारण उत्पन्न वातावरणका कारण “आफ्नो मानसिक स्वास्थ्यमा क्षति पुग्न लागेको“ र त्यस्तो अवस्थामा आफूले “ कुनै पनि पति वा पिताले चाल्ने कदम नै अवलम्बन गरेको“ बताएका छन् ।

गत हप्ता बकिंघम राजदरबारले राजकुमार ह्यारी र उनकी पत्नी मेगन अब राजकीय जिम्मेवारीमा नफर्कने तथ्यको पुष्टि गरेको थियो । राजकुमार ह्यारीले आफूहरूले त्यस्तो जिम्मेवारी त्यागेको नभइ बरू पछाडि हटेको भन्नेमा जोड दिए । दोस्रो बच्चाको जन्मको पर्खाइमा रहेको उक्त राजकुमार दम्पति आफ्ना एक वर्षिय पुत्र आर्चीका साथ अमेरिकाको क्यालिफोर्नियामा बसाइ सरेको थियो ।

उनीहरूले गत जनवरी महिनामा अब राजपरिवारको वरिष्ठ सदस्यको हैसियतले निभाउनु पर्ने भूमिका परित्याग गर्ने योजनाको घोषणा गरेका थिए। । त्यो बेला उनीहरूले आफूहरू आर्थिक हिसाबले पनि स्वतन्त्र हुनको लागि कमाइ हुने काम गर्न चाहेको बताएका थिए ।

गत हप्ता बकिंघम राजदरबारले एक विज्ञप्ति जारी गर्दै त्यसबेलाका प्रावधानहरूको समीक्षापछि ड्युक र डचिस् अब आफ्नो पुरानो राजकीय जिम्मेवारीमा नफर्कने निर्णय भएको जनाएको थियो । त्यस्तो निर्णयको परिणाम स्वरूप तिनीहरूले आफूलाई प्राप्त मानार्थ सैनिक पदवी र राजकीय संरक्षकत्व फिर्ता गर्नु पर्ने हुन्छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सिख नेताको हत्या आरोपमा क्यानडामा तीन भारतीय पक्राउ

बीबीसी । भारत र क्यानडाबीच फेरि ठूलो कूटनीतिक विवादको विषय समेत बनेको सिख

इन्डोनेसियामा बाढीपहिरोबाट १५ जनाको मृत्यु

  मध्य इन्डोनेसियामा पहिरो र बाढीले दर्जनौँ घर बगाउँदा कम्तिमा १५ जनाको मृत्यु

भारतले मे १० सम्ममा माल्दिभ्सबाट सैनिक प्रतिस्थापन गर्ने

  भारत र माल्दिभ्सले  द्विपक्षीय उच्च–स्तरीय समूहको चौथो बैठक आयोजना गरेका छन् ।

‘गृहमन्त्रीमाथि छानबिन गर्न सरकार किन डराएको ?’

नेपालगंज । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले राजनीतिक दल भन्दा देश माथि छ