प्रधानमन्त्रीलाई अदालतको अवहेलना मुद्दामा आफैं उपस्थित भएर जवाफ दिन सर्वोच्चको आदेश



काठमाडौँ । सर्वोच्च अदालतले अदालतको अवहेलना मुद्दामा प्रधानमन्त्री केपी शर्मा ओलीलाई आफै उपस्थित भएर जवाफ दिन आदेश दिएको छ ।

न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले वरिष्ठ अधिवक्ता कुमार आचार्य र कञ्चनकृष्ण न्यौपानेको रिट निवेदनको सुनुवाई गर्दै प्रधानमन्त्री ओलीलाई बाटोको म्याद बाहेक ५ दिनभित्र अदालतमा उपस्थित भएर अदालतको अवहेलना मुद्दामा जवाफ दिन आदेश दिएको हो । ओलीले वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीलाई बाजे वकिललाई सर्वोच्च लगेर तमासा देखाएको टिप्पणी गरेका थिए ।

९४ वर्षिय वरिष्ठ अधिवक्तालाई लक्षित गर्दै गरेको टिप्पणीले समग्र न्यायपालिकामाथि अवहेलना गरेको जिकिर गर्दै वरिष्ठ अधिवक्ता कुमार शर्मा आचार्य र अधिवक्ता कञ्चनकृष्ण न्यौपाने रिट निवेदन दर्ता गराएका थिए ।

त्यसैगरी सर्वोच्चले चार जना पूर्वप्रधानन्यायाधीशलाई आफैं लिखित जवाफ लिएर उपस्थित हुन आदेश गरेको दिएको छ । सर्वोच्चले पूर्वप्रधान्यायाधीश मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ण, सुशीला कार्कीलाई सात दिनभित्र आफैं उपस्थित हुन आदेश दिएको हो ।

धनजित बस्नेत र लोचन भट्टराईको निवेदनमा सुनुवाइ गर्दै न्यायाधीश मनोज शर्माको एकल इजलाशले बिहीबार यस्तो आदेश दिएको हो । त्यस्तै, पूर्वसभामुख दमननाथ ढुंगालाई पनि लिखित जवाफसहित उपस्थित हुन सर्वोच्चले आदेश दिएको छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सरकारले स्टार्टअप उद्यम गर्नेहरूका लागि १० वर्ष आयकर छुट दिने

काठमाडौँ । सरकारले स्टार्टअप उद्यम गर्नेहरूका लागि विभिन्न छुट तथा सुविधा उपलब्ध गराउने

सहकारी ठगी छानबिन गर्न संसदीय समिति गठन गर्ने चार दलबीच सहमति

काठमाडौँ । सत्तारुढ गठबन्धन र प्रमुख प्रतिपक्षी दल संसदको गतिरोध अन्त्य गर्न संसदीय

संसदको गतिरोधलाई राजनीतिक सङ्कटका रूपमा व्याख्या गर्नु हुँदैनः महामन्त्री शर्मा

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले संसदको गतिरोधलाई राजनीतिक सङ्कटका रूपमा व्याख्या

संसदीय समिति गठनमा सहमति जुटाउन चार दल प्रधानमन्त्री निवासमा छलफलमा

काठमाडौं । सहकारी ठगी प्रकरण छानबिनका लागि संसदीय समिति गठन गर्नुपर्ने कांग्रेसको मागमा