भारतको गुजरातमा सुतिरहेका मजदुरमाथि ट्रक गुड्दा १५ जनाको मृत्यु



भारतको गुजरातमा फुटपाथमा सुतेका आप्रवासी कामदारलाई ट्रकले किच्दा १५ जनाको मृत्यु भएको छ । गुजरातको कोसाम्बामा गएराति फुटपाथमा सुतिरहेका आप्रवासी कामदारलाई ट्रकले किच्दा १५ जनाको मृत्यु भएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।

१२ जनाको घटनास्थलमै र तीनजनाको अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुने सबै राजस्थानका कामदार रहेका छन् । सुरतबाट झण्डै ६० किलोमिटर पर रहेको कोसाम्बा गाउँमा घटना भएको हो ।

अन्य पाँचजना घाईतेहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । गुजराजको सुरत नजिकैको कोसाम्बा क्षेत्रको फुटपाथमा दैनिक ज्यालादारी गर्ने २० जना मजदुरहरू फुटपाथमै सुतेका थिए । उखु बोकेको ट्याक्टरसँग ट्रक ठोक्किएपछि ट्रकका चालकले नियन्त्रण गुमाएका कारण सुतेका मजदुरमाथि ट्रक चलेको बताइएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सन्तान विदेश जाने क्रम बढेपछि जापानमा औषतमा सात घरमध्ये एक घर खाली

जापानमा खाली घरहरूको सङ्ख्या सन् २०२३ अक्टोबरसम्ममा ९० लाख पुगेको छ । यो

नासा र बोइङले स्टारलाइनरको पहिलो क्रु मिसन अन्तरिक्ष स्टेशनमा पठाउने

अमेरिकी अन्तरिक्ष निकाय (नासा) र बोइङले अगामी सोमबार अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन (आईएसएस) मा

राजमार्ग भासिँदा दक्षिणी चीनमा कम्तीमा १९ जनाको मृत्यु, दर्जनौं घाइते

दक्षिणी चीनको ग्वाङडोङ प्रान्तमा बुधबार राजमार्गको एक भाग भासिँदा कम्तीमा १९ जनाको मृत्यु

हमासलाई युद्धविराम सम्झौता स्वीकार गर्न अमेरिकी आह्वान

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले इजरायली नेतृत्वसँग वार्ता सुरु गर्दै बुधबार हमासलाई युद्धविराम सम्झौता