हमासलाई युद्धविराम सम्झौता स्वीकार गर्न अमेरिकी आह्वान



अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले इजरायली नेतृत्वसँग वार्ता सुरु गर्दै बुधबार हमासलाई युद्धविराम सम्झौता स्वीकार गर्न पुनः आह्वान गरेका छन् ।

“यो कठिन समयमा पनि हामी युद्धविराम गर्न कटिबद्ध छौँ । युद्धविरामले बन्धकहरूलाई घर ल्याउन वातावरण बनाउनेछ । यो हासिल हुन नसक्नुको एक मात्र कारण हमास हो,” ब्लिन्केनले इजरायली राष्ट्रपति इसाक हर्जोगसँगको भेटमा भने ।

इजरायलले गाजामा आफ्नो आक्रमण अस्थायी रूपमा रोक्ने र अक्टोबर ७ मा कब्जामा लिएका बन्धकहरूको बदलामा प्यालेस्टिनी कैदीहरूलाई मुक्त गर्ने प्रस्तावको हमासले जवाफ दिने तयारी गरेको छ ।

भ्रमणका क्रममा ब्लिन्केनले गाजा पट्टीमा सहायता बढाउन प्रयास गरिरहनुभएको छ भने संयुक्त राष्ट्रसङ्घले खाद्यान्नको चरम अभावका कारण आसन्न अनिकालको चेतावनी दिएको छ ।

उनले बुधबार प्रधानमन्त्री बेन्जामिन नेतन्याहूलाई भेट्ने कार्यक्रम छ । इजरायलले हालै सहायताका लागि खुला गरेको गाजा नजिकैको बन्दरगाह अशदोदलगायत बन्दरगाहलाई बन्द गर्ने तयारी गरिरहेका छन् ।

ब्लिन्केनले हर्जोगसँग भने, “हामीले यस क्रसफायरबाट पीडित मानिसहरूमा पनि ध्यान केन्द्रित गर्नुपर्छ ।”

मङ्गलबार ब्लिन्केनले इजरायल र गाजाको बीचमा भर्खरै खोलिएको एरेज सीमातर्फ खाद्यान्नलगायत अन्य आधारभूत सहायता सामग्री बोकेका जार्डनी गाडी (ट्रक) र सहायताकर्मीलाई बिदाइ गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
संयुक्त राष्ट्रसंघको अदालतद्वारा जलवायु मुद्दामा साना टापु राज्यका पक्षमा फैसला

संयुक्त राष्ट्रसङ्घको समुद्री अदालतले नौवटा साना टापु राष्ट्रहरूको पक्षमा फैसला सुनाएको छ ।

नाइजेरियामा बन्दुकधारीले गरेको आक्रमणमा ४० भन्दा बढीको मृत्यु

  मध्य नाइजेरियाको प्लेटो राज्यको एउटा गाउँमा सोमबार अबेर राति बन्दुकधारीहरूको समूहले गरेको

रुसमा हाइपरसोनिक वैज्ञानिकलाई देशद्रोहको आरोपमा १४ वर्षको कारागार सजाय

  रुसको एक अदालतले मङ्गलबार ७७ वर्षीय एक वैज्ञानिकलाई देशद्रोहको आरोपमा १४ वर्षको

सिङ्गापुर एयरलाइन्सको विमान दुर्घटनामा एकजनाको मृत्यु

  सिङ्गापुर एयरलाइन्सको बोइङ ७७७ को लन्डनबाट आउने विमानमा गम्भीर गडबडी भएर मङ्गलबार