प्रधानमन्त्री सचिवालय बैठकमा अनुपस्थित, अर्को बैठक २० गते बस्ने



काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीको बुधबारको सचिवालय बैठकमा प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली नै अनुपस्थित भएका छन् । प्रधानमन्त्री निवास बालुवाटामार बोलाइएको बैठकमा अध्यक्ष ओली अनुपस्थित भएका हुन् ।

तर अध्यक्ष ओली नै अनुपस्थित भएपछि बैठक केहीबेर बसेर २० गतेसम्मका लागि स्थगित गरिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । योसँगै बिहीबारका लागि तय भएको स्थायी कमिटी बैठक प्रभावित भएको छ ।

१८ गतेका लागि बोलाइएको स्थायी कमिटी बैठक २१ गतेका लागि सारिएको उनले जानकारी दिए । यसअघि आज दिउँसो एक बजेका लागि बोलाइएको सचिवालय बैठक प्रधानमन्त्रीको कार्यव्यस्तताको कारण देखाउँदै दुई बजेका लागि सारिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
गोठाटार गोलीकाण्डका मुख्य योजनाकार भारतीय नागरिक वीरगंजबाट पक्राउ

वीरगंज । काठमाडौंको गोठाटारस्थित जम्बुडाँडामा गार्मेन्ट व्यवसायी लाल मोहम्मद अन्सारीको गोली हानी हत्या

इलाम र बझाङमा एमालेकै उम्मेदवारको अग्रता, तेस्रो बन्न घण्टी र मुढाबीच प्रतिस्पर्धा

इलाम । इलाम– २ को उपनिर्वाचनमा नेकपा एमालेले अग्रता लिएको छ। हालसम्म फाकफोकथुम

लगानी सम्मेलनको पहिलो दिन दुई सम्झौतामा हस्ताक्षर

  काठमाडौँ । नेपाल सरकारको आयोजनामा काठमाडौँमा भइरहेको तेस्रो लगानी सम्मेलनको उद्घाटन र

मे १ देखि चीन जाने नेपालीलाई भिषा शुल्क नलाग्ने

  काठमाडौँ ।  छिमेकी मुलुक चीनले नेपाली नागरिकलाई भिषा शुल्क नलिने भएको छ