जयसवालको शव ब्यवस्थापन ११ दिनसम्म पनि हुन नसक्नु सरकारका लागि लज्जास्पद होइन र ?



भीम उपाध्याय ।
आज ११ दिनसम्म पनि स्वर्गीय रामलखन जयसवालको शव अन्त्यष्टि हुन सकेको छैन । वीर अस्पतालमा राखिएको कैदी रामलखन जयसवालको शव आज ११ दिन हुदासम्म परिवारले फिर्ता पाएका छैनन् । न अन्त्येष्टि गर्न पाएका छन् । पोष्टमर्टम गरेको पनि ६ दिन पुगिसकेको छ, रिपोर्ट पनि सार्वजनिक भएको छैन ।

अस्पताल भन्छ, कैदी यहाँ‘ आउँदा मृत थियो, कारागार भन्छ यहाँबाट अस्पताल लैजाँदा उनी सकुशल थिए । अस्पतालले शवलाई त्यतिकै बाहिर राखेर कुहिन थालेको र त्यस्तो विभत्स शरीर बनेको भन्छ । तत्काल मृतकको परिवारलाई जिम्मा लगाउन खबर गरिएको देखिएन । अहिले सिडिओले सेनालाई र सेनाले सिडिओलाई शव ब्यवस्थापनको जिम्मेवारी लिनुपर्ने बताइरहेका मृतकको परिवारको भनाई छ ।

११ दिनसम्म मृतकको शव ब्यवस्थापन तथा अन्त्येष्टि हुन नसक्नु सरकारका लागि एकदम लज्जास्पद घटना हो । यो मृतक र उनका परिवारको मानव अधिकार हनन् हो । यसमा नेपालका मानव अधिकारवादी संस्थाहरूको सक्रियता जरूरी देखियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
‘म यो घटनाको निर्दोष पात्र हुँ र मलाई यो घटना कसले कसरी घटाउन लगाएको राम्रै थाहा छ’

काठमाडौं । बलात्कार मुद्दामा जिल्ला अदालत काठमाडौँबाट दोषी ठहर भएका क्रिकेटर सन्दीप लामिछानेले

एकीकृत समाजवादी सरकारबाट नबाहिरिने

काठमाडौं । नेकपा एकीकृत समाजवादी गठबन्धन सरकारबाट नबाहिरिने भएको छ । मंगलबार बसेको

सगरमाथा आरोहणका लागि चार सय १४ जनाले लिए अनुमति

  काठमाडौँ । सन् २०२४ को वसन्त याममा सगरमाथा आरोहणका लागि चार सय

सुनिल पौडेललाई ९ वर्षको कैद र २३ करोड २६ लाख जरिवानाको फैसला

काठमाडौं । नेपाल टेलिकमका निलम्बित प्रबन्ध निर्देशक सुनिल पौडेललाई ९ वर्षको कैद सजाय