विश्वमा दुई करोड ४१ लाख ७१ हजार मानिस कोरोना संक्रमणमुक्त



विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमितको संख्या ३ करोड २७ लाख ५८ हजार ३ सय ४१ पुगेको छ ।
पछिल्लो २४ घण्टामा ३ लाख १७ हजार ६४० संक्रमित थपिएका छन् भने ५ हजार ८०८ जनाको मृत्यु भएको वल्डोमिटरमा उल्लेख छ ।
हालसम्म २ करोड ४१ लाख ७१ हजार ८ सय ७७ कोरोनामुक्त भएका छन् ।

यस्तै, कोरोना संक्रमणका कारण विश्वभर मृत्यु हुनेको संख्या ९ लाख ९३ हजार ४१३ पुगेको छ । संक्रमितमध्ये ७५ लाख ९३ हजार बढीको विभिन्न अस्पतालमा उपचार भइरहेको छ भने ६२ हजार ७ सय बढीको अवस्था गम्भीर रहेको छ ।

कोरोना संक्रमणका कारण सबैभन्दा बढी प्रभावित अमेरिकामा एकैदिन ५३ हजार ३३२ संक्रमित पुष्टि भएसंगै संक्रमितको संख्या ७२ लाख ४४ हजार १ सय ४४ पुगेको छ । कोरोनाका कारण २ लाख ८ हजार ४४० जनाको मृत्यु भएको छ भने ४४ लाख ८० हजार ७ सय भन्दाबढी मानिस निको भएका छन् ।

यस्तै, भारतमा एकैदिन ८५ हजार ४६८ जनामा संक्रमण पुष्टि भएसंगै संक्रमितको संख्या ५९ लाख १ हजार ५७१ पुगेको छ । भारतमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ९३ हजार ४१० पुगेको छ भने ४८ लाख ४६ हजार भन्दाबढी संक्रमणमुक्त भएका छन् । ब्राजिलमा ४६ लाख ९२ हजार ५ सय ७९ मानिस संक्रमित भएका छन् भने १ लाख ४० हजार ७ सय बढीको मृत्यु भएको छ । संक्रमितमध्ये ४० लाख ४० हजार ९ सय भन्दाबढी निको भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
संचार मन्त्रालयले भन्यो-सरकारका कारण इन्टरनेट सेवा अवरुद्ध भएको होइन

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले देशभर इन्टरनेट सेवा प्रदान गर्दैआएका केही

एसिया र प्रशान्त क्षेत्रमा वृद्धवृद्धाको सङ्ख्या दोब्बर बढ्ने एडिबीको अनुमान

एसियाली विकास बैंक (एडिबी)ले बिहीबार सार्वजनिक गरेको प्रतिवेदनले विकासोन्मुख एसिया र प्रशान्त क्षेत्रमा

बुरुन्डीमा बाढीमा परी कम्तीमा २९ जनाको मृत्यु, लाखौँ मानिस विस्थापित

  गत वर्षको सेप्टेम्बरदेखि वर्षाको मौसम सुरु भएयता बुरुन्डीमा कम्तीमा २९ जनाको मृत्यु

सरकारले निर्माण व्यवसायीको झण्डै ५० अर्ब भुक्तानी गर्न बाँकी

काठमाडौँ । सरकारले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) वितरणलाई चुस्त र प्रभावकारी बनाउने भएको