दुर्गन्धित र असक्षम देखिएकाहरुलाई जिम्मेवारीबाट मुक्त गर्नुपर्छ



विष्णु रिजाल ।

हामी कम्युनिस्टहरु ‘नेपाली क्रान्तिको वर्तमान कार्यभार के हो ?’ भनेर खुबै बहस गर्न, दस्तावेजमा लेख्न र कार्यकर्तालाई प्रशिक्षित गर्न मन पराउँछौँ । स्थानीय तहदेखि केन्द्रसम्म जनताबाट चुनिएर कम्युनिस्ट पार्टी सरकारमा भएको बेला मेरो विचारमा नेपाली क्रान्तिको आजको मुख्य कार्यभार होः
१. कोभिड–१९ को महामारीबाट जनतालाई बचाउनु
२. किसानहरुलाई मल उपलब्ध गराउनु
३. रोजगारी गुमाएकाहरुका लागि हात–मुख जोड्ने व्यवस्था गर्नु
४. दुर्गन्धित र असक्षम देखिएकाहरुलाई जिम्मेवारी मुक्त गर्नु
५. विदेशमा अलपत्र परेका नेपालीहरुको उद्दार गर्नु
६. स्वच्छ र प्रभावकारी सरकार दिनु
७. पार्टी एकतालाई मजबुत बनाएर अघि बढ्नु
यति गर्न सक्दा क्रान्ति आफैँ अघि बढ्छ । जनताले नेकपालाई आफ्नो भरोषायोग्य मित्र, नेता र सहयात्री ठान्दासम्म हामीलाई संसारको कुनै शक्तिले हल्लाउन सक्दैन । क्रान्ति कुनै अमूक कुरामा, नाराबाजीमा वा राजनीतिक मुद्दाहरुमा मात्र बाँच्ने र अघि बढ्ने होइन । राजनीतिक दर्शन, सिद्धान्त र नीतिहरुमा अस्पस्टता नभएकाले जनताको सेवामार्फत नै हामीले जारी क्रान्तिलाई नयाँ उचाइँमा पुर्याउने हो ।
बाँकी कुरा बकबास, बुद्धिविलास र पण्डित्याइँ हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हुम्लामा पहिलो पटक  पुगे दुई टिपर

  सिमकोट (हुम्ला) । राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हिमाली जिल्ला हुम्लाको सदरमुकाम सिमकोटमा

बागलुङमा आगो निभाउने क्रममा जलेर एक जनाको मृत्यु, दुई घाइते

  ढोरपाटन (बागलुङ) । बागलुङमा आगलागीमा परी एकजानको मृत्यु भएको छ भने दुईजना

नेपालमा विश्वमै सबैभन्दा सस्तोमा हाइड्रोजन उत्पादन गर्न सकिने

  काठमाडौँ । नेपालमा जलविद्युतसँगै हाइड्रोजन, सौर्य, वायु जस्ता वैकल्पिक ऊर्जा उत्पादनमा पनि

उपनिर्वाचनमा निर्धक्ककासाथ मतदान गर्न आयोगको अपील

काठमाडौं । उपनिर्वाचनको तयारी पूरा भएको छ । शनिबार इलाम– २ र बझाङ