काठमाडौं उपत्यकामा ६२ सहित थप ३७८ जनामा कोरोना संक्रमण
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ३७८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ३७८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । शनिबार काठमाडौं, भक्तपुर र ललितपुरमा गरी थप ६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट ७,८८८ जनाको नमुना परीक्षण गरिएको छ । त्यस्तै क्वारेन्टाइनमा १०,७९२ जना छन् । आइसोलेसनमा ६,२०६ जना छन् । शनिबार ४९९ जना डिस्चार्ज भएका छन् । योसँगै निको भई डिस्चार्ज हुनेको संख्या १६,३१३ पुगेको मन्त्रालयले जनाएको छ । कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७३ पुगेको छ ।