थप ३११ जनामा कोरोना संक्रमण पुष्टि, १२१ जना डिस्चार्ज
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ३११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ३११ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट ५,०३२ जनाको नमुना परीक्षण गरिएको छ । क्वारेन्टाइनमा १५,३३१ जना छन् । आइसोलेसनमा ५,१३९ जना सक्रिय संक्रमित रहेका मन्त्रालयले जनाएको छ । मंगलबार थप १२१ जना डिस्चार्ज भएका छन् । योसँगै डिस्चार्ज हुनेको संख्या १३,८७५ पुगेको छ ।