कोरोना संक्रमणबाट १३ जनाको मृत्यु, ३२३ जना संक्रमित थपिए



काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ३२३ जनामा कोराना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार विराटनारमा प्रादेशिक अस्पतालमा गरिएका परीक्षणमा ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यसमा मोरङका २ जना, सुनसरीका ४, नवलपरासीका ३, बाँकेका १२, बर्दियाका २८, कास्कीका ३, स्याङ्जाका १० जनामा, बागलुङका एक जना, सुनसरीका १ जनामा, सप्तरीका ७,
बझाङका ६, कंचनपुरका एक, काठमाडौंका २, अछामका एक जनामा, कैलालीका २ जनामा, डडेल्धुराका एक जना, दैलेखका ४३ जना, डोल्पाका एक जना, सुर्खेतमा गरिएको परीक्षणमा दैलेखका ४ जनामा, सुर्खेतका १० जनामा, जाजरकोटका ४ जना, सल्यानका ३८ जना, अर्घाखाँचीका एक, कपिलवस्तुका ११ जना, नवलपरासीका २ जना, रुपन्देहीका ३ जना, काठमाडौंको जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा भक्तपुरका एक जना, धनुाषाका ८ जना, कपिलवस्तुका ३९ जना काठमाडौंका ४ जना, महोत्तरीका ३४ जना, रौतहटका ६ जना, सर्लाहीका २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै संक्रमितको संख्या ३, २३५ पुगेको छ ।

यसैबीच, कोरोना भाइरस संक्रमणबाट थप दुई जनाको मृत्यु भएको छ । डोल्पा जगदुल्ला गाउँपालिका–३ का ५८ वर्षीय पुरुषको कोरोना संक्रमणले मृत्यु भएको छ । त्यसैगरी धनगढी ४ की ५५ वर्षीया महिलाको पनि कोरोना संक्रमणले मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिएका छन् । यो सँगै कोरोनाबाट मृत्यु हुनेको संख्या १३ पुगेको छ । त्यस्तै निको भई डिस्चार्ज हुनेको संख्या ३६५ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हुम्लामा पहिलो पटक  पुगे दुई टिपर

  सिमकोट (हुम्ला) । राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हिमाली जिल्ला हुम्लाको सदरमुकाम सिमकोटमा

बागलुङमा आगो निभाउने क्रममा जलेर एक जनाको मृत्यु, दुई घाइते

  ढोरपाटन (बागलुङ) । बागलुङमा आगलागीमा परी एकजानको मृत्यु भएको छ भने दुईजना

नेपालमा विश्वमै सबैभन्दा सस्तोमा हाइड्रोजन उत्पादन गर्न सकिने

  काठमाडौँ । नेपालमा जलविद्युतसँगै हाइड्रोजन, सौर्य, वायु जस्ता वैकल्पिक ऊर्जा उत्पादनमा पनि

उपनिर्वाचनमा निर्धक्ककासाथ मतदान गर्न आयोगको अपील

काठमाडौं । उपनिर्वाचनको तयारी पूरा भएको छ । शनिबार इलाम– २ र बझाङ