कोरोना नियन्त्रणका लागि स्वास्थ्यकर्मी र कर्मचारीलाई ७५ प्रतिशतसम्म भत्ता दिनेलगायतका यस्ता छन् सरकारका १६ निर्णय



काठमाडौँ । सरकारले कोरोना भाइरस संक्रमणको रोकथाम र नियन्त्रण सम्बन्धी कार्यमा खटिने चिकित्सक, स्वास्थ्यकर्मी, कर्मचारी तथा स्वंयमसेवकहरूलाई १० लाख रुपैयाँसम्मको उपचार खर्चसहित २५ देखि ७५ प्रतिशतसम्म सुरु तलबको भत्ता दिने भएको छ ।

सोमबार बसेको कोरोना भाइरस रोग रोगथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले कर्मचारी सञ्चयकोषले आफ्ना सञ्चयकर्तालाई घातक रोगको उपचार गर्न प्रदान गर्दै आएको उपचार खर्च बापतको १० लाखको व्यवस्थालाई कोरोना भाइरसको रोकथाम र नियन्त्रणका लागि खटिएका कर्मचारी संक्रमित भएमा निजलाई उपचार गर्दा लाग्ने खर्च समेत सोहि अनुरुप हुने व्यवस्था अर्थ मन्त्रालयले मिलाउने निर्णय गरेको हो ।

यस्तै, समितिले काठमाडौं उपत्यकाभित्र एक सय २० वटा आईसीयूसहितका बेड र प्रदेशहरुका आवश्यक अनुसार एक सय १५ वटा आईसीयू कक्ष अविलम्ब बनाउने निर्णय गरेको छ । समितिले यसका लागि आवश्यक व्यवस्था मिलाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई निर्देशन दिएको छ । समितिको निर्णय अनुसार टेकु अस्पताल, आयुर्वेद अस्पताल कीर्तिपुर, नेपाली सेनाको अस्पताल छाउनी, सशस्त्र प्रहरी अस्पताल बलम्बु, वीर अस्पताल र पाटन अस्पताल गरी ६ वटा अस्पतालमा २०२० वटाको दरले आईसीयू बेडको व्यवस्था गरिन लागिएको हो ।

यसैगरी उपत्यकाको लागि एक हजार संख्या सम्मको बेड हुने गरी आइसोलेसन वार्ड तथा बेडको व्यवस्थापन मिलाउन पनि समितिले निर्देश गरेको छ । आइसोलेसन बेडका लागि आयुर्वेद अस्पताल कीर्तिपुरमा दुई सय, खरिपाटीस्थित विद्युत प्राधिकरणको तालिम केन्द्रमा दुई सय २०, तेलकोटस्थित खानेपानी तालिम केन्द्रमा ६०, टेकु अस्पतालमा एक सय, पाटन अस्पतालमा ७०, नेपाल प्रहरी तथा सशस्त्र प्रहरी अस्पतालहरुमा एक सय र इचंगुनारायणस्थित सैनिक ब्यारेकमा दुई सय ५० वटा आइसोलेसन बेड हुनेछन्। प्रदेश सरकारले काठमाडौं उपत्यकाभन्दा बाहिरका आइसोलेसन बेडको व्यवस्था मिलाउन लेखी पठाउने निर्णय गरेको छ ।

स्वास्थ्य जाँचमा खटिने कर्मचारीहरुको वर्गीकरण गरी सुरु तलबको २५ देखि ७५ प्रतिशत सम्म भत्ता दिने निर्णय भएको छ । जसअनुसार ल्याब टेस्ट तथा स्वास्थ्य परीक्षणमा प्रत्यक्ष रुपमा खटिने स्वास्थ्यकर्मीलाई ७५ प्रतिशत भत्ता हुनेछ । त्यस्तै परीक्षणमा खटिने अन्य जनशक्तिलाई ५० प्रतिशत र अप्रत्यक्ष रुपमा खटिने व्यक्तिलाई २५ प्रतिशत भत्ता हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हुम्लामा पहिलो पटक  पुगे दुई टिपर

  सिमकोट (हुम्ला) । राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हिमाली जिल्ला हुम्लाको सदरमुकाम सिमकोटमा

बागलुङमा आगो निभाउने क्रममा जलेर एक जनाको मृत्यु, दुई घाइते

  ढोरपाटन (बागलुङ) । बागलुङमा आगलागीमा परी एकजानको मृत्यु भएको छ भने दुईजना

नेपालमा विश्वमै सबैभन्दा सस्तोमा हाइड्रोजन उत्पादन गर्न सकिने

  काठमाडौँ । नेपालमा जलविद्युतसँगै हाइड्रोजन, सौर्य, वायु जस्ता वैकल्पिक ऊर्जा उत्पादनमा पनि

उपनिर्वाचनमा निर्धक्ककासाथ मतदान गर्न आयोगको अपील

काठमाडौं । उपनिर्वाचनको तयारी पूरा भएको छ । शनिबार इलाम– २ र बझाङ