भरतपुर अस्पतालद्वारा तीन औषधि ‘सप्लायर्स’लाई कारबाही



चितवन । भरतपुर अस्पतालले औषधिपसलमा सम्झौताअनुसारको औषधि नल्याउने तीन सप्लायर्सलाई कारबाही गरेको छ । सन फार्मेसी पोखरा, हिमसागर मेडिकल हल पोखरा र मेडिसेल्स फर्मा भरतपुरलाई कारबाही गरेको हो ।

अस्पताल विकास समितिको बैठकको निर्णयअनुसार ती पसललाई कारबाही गरिएको अस्पतालका सूचना अधिकारी गोपाल पौडेललाई जानकारी दिए । उनका अनुसार अस्पतालमा आवश्यक औषधि खरिदको आदेश दिइसकेपछि पनि उनीहरुले औषधि नल्याएका जनाइएको छ ।

औषधि ल्याउने समय १७ दिन र ताकेता गरेको समयमा समेत औषधि नल्याएपछि कारबाही गर्न बाध्य भएको उनले जानकारी दिए । अस्पतालले तीन पटकसम्म औषधि समयमा ल्याउनका लागि सप्लायर्सलाई ताकेता गरेको जनाइएको छ ।

कारबाही स्वरुप अस्पतालले औषधि बाहिर खरिद गर्दा र बोलपत्रमा सम्झौता हुँदाको मूल्यभन्दा थप परेको मूल्य सम्झौता गर्ने पक्षलाई तिर्न लगाएको छ ।

सरकारको ‘फार्मेसी निर्देशिका २०७४’ अनुसार अस्पतालमा फार्मेसी सञ्चालनमा आएपछि औषधि समयमा नल्याउने ठेकेदार कम्पनीलाई यस अस्पतालमा कारबाही गरिएको यो पहिलो रहेको अस्पतालको फार्मेसी विभाग प्रमुख सविनराज लामिछानेले जानकारी दिए ।

सन फार्मेसीले मधुमेहका बिरामीलाई आबश्यक पर्ने ‘मेटफर्मीन’ नामक औषधि विगत दुई महिनादेखि उपलब्ध गराउन छाडेको थियो । सो औषधि फार्मेसीले सम्झौताअनुसार १.४० पैसा प्रति ट्याब्लेटमा अस्पताललाई उपलब्ध गराउनुपर्ने हुन्थ्यो ।

लामो समयसम्म औषधि ठेकेदार कम्पनीले ल्याउन नसकेपछि अस्पतालले १.७५ पैसामा खरिद प्रक्रिया सुरु गरेको छ । सो फार्मेसीलाई सम्झौता भए भन्दा बढीको मूल्य तिर्न लगाइएको छ । यस फार्मेसीले २११ प्रकारका औषधि ल्याउने सम्झौतामा उल्लेख छ ।

यस्तै हिमसागर मेडिकलले मेटफर्मीन÷ग्लिमेप्राइड नामक औषधि समयमा नल्याएको जनाउँदैै कारबाही गरिएको छ । विगत लामो समय देखि माग गरिएको औषधि नपाउँदा बिरामी मर्कामा पर्न थालेको जनाउँदै अस्पतालले आफैँ खरिद गरी सम्झौताभन्दा बढीको मूल्य ठेकेदार कम्पनीलाई तिर्न लगाएको छ ।

सो औषधि सम्झौताअनुसार ६.९८ पैसा प्रतिट्याब्लेट पर्नेमा अस्पतालले बाहिरबाट खरिद गर्दा सात मा खरिद गरेको सूचना अधिकारी पौडेलले जानकारी दिनुभयो । यस हलसँग १८१ प्रकारका औषधि ल्याउने सम्झौता भएको थियो ।

कारबाहीमा पर्नेमा मेडिसेल्स फर्माले डेक्सामेथासोन इन्जेक्सन (जीवन रक्षक औषधि) आकस्मिक कक्ष, सघन उपचार कक्ष र कोरोना भाइरस सङ्क्रमितलाई समेत प्रयोग हुने औषधि नल्याए पछि कारबाही गरिएको छ ।

सम्झौताअनुसार ११ प्रतिभाइलमा ल्याउनुपर्ने सो औषधि अस्पतालले बाहिरबाट खरिद गरी ल्याउँदा १८.१२ पैसा पर्न गएको प्रमुख लामिछानेले जनाकारी दिए । यस कम्पनीलाई पनि सम्झौताभन्दा बढीको रकम तिराइने छ । यस कम्पनीले अस्पतालमा ९४ प्रकारका औषधि ल्याउनका लागि सम्झौता गरेको थियो । उनीहरुले अन्य औषधिसमेत समयमा उपलब्ध गराउन नसकेको अस्पताल प्रशासनले जनाएको छ ।

अस्पतालका अनुसार अन्य औषधिका लागिसमेत ताकेता गरिएको छ । अन्य सप्लायर्सले समेत ढिलाइ गर्दा आवश्यकताअनुसारको औषधि बिरामीले पाउन सकेका छैनन् । ढिलाइ गर्ने कम्पनीलाई पनि ताकेता गरिएको र अटेर गरे कारबाही गरिने अस्पतालले जनाएको छ । समयमा औषधि नपाउँदा सेवाग्राही मारमा पर्न गएकाले कारबाही गरिएको अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डन्ट प्रा डा कृष्ण पौडेलले बताए ।

अस्पतालले खरिद नियमअनुसार कारबाही प्रक्रिया अघि बढाएको उनको भनाइ छ । उनले भने, “समयमा औषधि नल्याउने ठेकेदारलाई नियमित जानकारी गराइएको छ । समयमा औषधि नल्याए कानूनअनुसार कारबाहीको प्रक्रियामा अघि बढाउँछौँ ।” समयमा औषधि नल्याउने कम्पनीलाई सम्झौताअनुसार कारबाही गरी कालोसूचीमा राख्नका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र औषधि व्यवस्था विभागमा सिफारिस गरिने उनले जानकारी दिए ।

अस्पतालका फार्मेसीमा औषधि ल्याउनका लागि विभिन्न १० कम्पनीले ठेक्का सम्झौता गरेका थिए । विसं २०७७ साल माघमा एक वर्षका लागि औषधि ल्याउनका लागि ती सप्लायर्ससँग सम्झौता गरिएको हो । सर्जिकल सामानतर्फ छ सप्लायर्ससँग सम्झौता भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सरकारीमा कार्यरत चिकित्सकले निजी स्वास्थ्य संस्थामा पूर्णकालीनरुपमा कार्य गर्नु कानुनविपरीतः स्वास्थ्य मन्त्रालय

  काठमाडौँ ।  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले चिकित्सक तथा स्वास्थ्यकर्मीले निजी स्वास्थ्य संस्थामा

डा भगवान कोइरालाको अगुवाइमा बन्न लागेको बाल अस्पताललाई शर्माले गरे २० लाख सहयोग

    काठमाडौँ । प्रतिनिधिसभा सदस्य तथा व्यवसायी डा सुनील शर्माले वरिष्ठ मुटुरोग

अब दमौली अस्पतालमा १२ घण्टा ओपिडी सेवा

तनहुँ । तनहुँको सदरमुकामस्थित दमौली अस्पतालले बिहीबारदेखि बहिरङ्ग (ओपिडी) सेवा १२ घण्टा सञ्चालन

सेवाग्राहीको विश्वास जित्दै जनस्वास्थ्य प्रयोगशाला

    काठमाडौँ । काठमाडौंको टेकुस्थित स्वास्थ्य सेवा विभाग परिसरमा रहेको राष्ट्रिय जनस्वास्थ्य