६५ वर्षमाथिकालाई ‘कोभिशिल्ड’ को दोस्रो मात्रा लगाउन सुरु



काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आजदेखि कोभिड–१९ विरुद्धको खोप ‘कोभिशिल्ड’ लगाएका व्यक्तिलाई दोस्रो मात्राको खोप दिन थालेको छ ।

मन्त्रालयले ६५ वर्षमाथि उमेर समूहका ज्येष्ठ नागरिकलाई कोभिशिल्डको दोस्रो मात्राका रुपमा ‘एस्ट्राजेनिका’ खोप आज र भोलि दिन थालिएको हो ।

भूटान र जापानबाट ‘एस्ट्राजेनिका’ खोप आइसकेपछि मन्त्रालयले कोभिशिल्डका रुपमा उक्त खोप लगाउन थालेको मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले जानकारी दिए ।

उनले कोभिशिल्ड र एस्ट्राजेनिका खोप एउटै कम्पनी र एउटै सूत्रमा बनेकाले लगाउन केही फरक नपर्ने जनाउँदै कोभिशिल्डको पहिलो मात्रा लगाएका ज्येष्ठ नागरिकलाई दोस्रो मात्राका रुपमा एस्ट्राजेनिका लगाइएको बताए ।

करिब साढे चार महिनापछि कोभिशिल्डको पहिलो मात्रा लगाएका ज्येष्ठ नागरिकले दोस्रो मात्रा लगाउन पाएका हुन् । भूटानबाट दुई लाख ३० हजार र जापानबाट पाँच लाख १३ हजार खोप आइसकेपछि ज्येष्ठ नागरिकलाई खोप प्रदान गरिएको हो ।

गत फागुन २३ देखि चैत १० गतेसम्म ६५ वर्षमाथिका उमेर समूहका करिब साढे १४ लाख व्यक्तिलाई ‘कोभिशिल्ड’ को पहिलो मात्रा लगाइएको थियो । तर दोस्रोमात्राका लागि खरिद गरिएको खोप भारतबाट नआएपछि ती ज्येष्ठ नागरिकले खोप लगाउन पाएका थिएनन् ।

कोभिशिल्ड उत्पादक भारतीय कम्पनी सिरम इन्टिच्युट र कोभ्याक्स सुविधाले दुवैले तत्काल ‘कोभिशिल्ड’ खोप दिन नसक्ने बताएपछि मन्त्रालयले ‘कोभिशिल्ड’ सट्टामा त्यस्तै प्रकृतिको खोप ‘एस्ट्राजेनिका’ दिने निर्णय गरेको थियो । खोप भोलिसम्म सञ्चालन हुनेछ । उपत्यकामा १४९ खोप केन्द्रबाट खोप प्रदान गर्न लागिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नसर्ने रोगको पहिचानका लागि एक महिने अभियान संचालन गर्दै स्वास्थ्य मन्त्रालय

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नसर्ने रोग पहिचान र समयमै उपचारका लागि

सिकलसेल एनिमियाबारे सचेतनाका लागि स्वास्थ्यकर्मी गाउँमा

कञ्चनपुर । सिकलसेल एनिमिया र थालेसिमियासम्बन्धी पैरवी कार्यक्रम सञ्चालन गरी स्वास्थ्य कार्यालयले सर्वसाधारणलाई

मुख्यमन्त्री आचार्यद्वारा प्रादेशिक अस्पतालको भवन अनुगमन

लुम्बिनी । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले लुम्बिनी प्रादेशिक अस्पतालको निर्माणाधीन भवनको अनुगमन

एचपिभी खोपस्थलमा सावधानी अपनाउन प्रशासनको निर्देशन

वीरगञ्ज । जिल्ला प्रशासन कार्यालय पर्साले किशोरीलाई महिलाको पाठेघरको मुखमा हुने क्यान्सरविरुद्धको ‘ह्युमन