कोरोना संक्रमणबाट २० जनाको मृत्यु, १५३३ जना संक्रमणमुक्त
काठमाडौं । नेपालमा थप १२३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट ५५३५ जनाको नमूना परीक्षण गर्दा १२३७ जनामा संक्रमण पुष्टि भएको छ ।
त्यस्तै एन्टिजेन विधिबाट ३६८३ जनाको परीक्षण गर्दा ५९४ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २० जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९३८२ पुगेको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा थप १५३३ जना संक्रमणमुक्त भएका छन् । सक्रिय संक्रमितको संख्या २६१७३ रहेको मन्त्रालयले जनाएको छ ।