थाइल्यान्डको राजपरिवारले पठाएको स्वास्थ्य सामग्री स्वास्थ्य मन्त्रालयलाई हस्तान्तरण



काठमाडौँ । कोरोना संक्रमणको रोकथाम र नियन्त्रणका लागि नेपाललाई सहयोगको रुपमा थाइल्यान्डबाट पठाइएको स्वास्थ्य सामग्री आइतबार आइपुगेको छ ।

परराष्ट्र मन्त्रालयका अनुसार थाइल्यान्डको राजपरिवारले दिएको स्वास्थ्य सामग्रीहरु थाइ एयर फोर्सको जहाजमार्फत काठमाडौं आइपुगेको हो । स्वास्थ्य सामग्रीहरु नेपालका लागि थाइ राजदूत भोषिता भोरासाफले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित एक कार्यक्रमबीच स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीलाई हस्तान्तरण गरे ।

नेपाललाई सहयोग आएको स्वास्थ्य सामग्रीहरुमा १० लाख थान सर्जिकल मास्क, व्यक्तिगत सुरक्षा साधन (पीपीई) गाउन ११ हजार ५२० थान, पीपीईको लेग कभर १० हजार जोर, पीपीई सर्जिकल क्याप १० हजार थान, फेसशिल्ड पाँच हजार, र्यापिड  एन्टिजन युनिट २० हजार युनिट, फिङ्गर टिप्स पल्स अक्सिमिटर ६०० थान, डिजिटल थर्मोमिटर एक हजार ५०० थान, अक्सिजन नाजल ३० थान, अक्सिजन कन्सन्ट्रेटर आठ थान लगायत छन् ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नसर्ने रोगविरुद्धको ‘स्क्रिनिङ’ अभियान सफल बनाउन स्वास्थ्यमन्त्री पौडेलको अनुरोध

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले नसर्ने रोगहरुविरुद्ध निरोधात्मक विधि प्रवद्र्धन गर्ने

नसर्ने रोगको पहिचानका लागि एक महिने अभियान संचालन गर्दै स्वास्थ्य मन्त्रालय

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नसर्ने रोग पहिचान र समयमै उपचारका लागि

सिकलसेल एनिमियाबारे सचेतनाका लागि स्वास्थ्यकर्मी गाउँमा

कञ्चनपुर । सिकलसेल एनिमिया र थालेसिमियासम्बन्धी पैरवी कार्यक्रम सञ्चालन गरी स्वास्थ्य कार्यालयले सर्वसाधारणलाई

मुख्यमन्त्री आचार्यद्वारा प्रादेशिक अस्पतालको भवन अनुगमन

लुम्बिनी । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले लुम्बिनी प्रादेशिक अस्पतालको निर्माणाधीन भवनको अनुगमन