शेयर बजारमा ३ अर्ब रुपैयाँको कारोबार



काठमाडौं । साताको पहिलो दिन आइतबार शेयर बजार दोहोरो अङ्कले घटेको छ । आइतबार नेप्से १४ दशमलव ६८ अङ्कले घटेर दुई हजार एक सय ६८ दशमलव ५४ विन्दुमा झरेको छ ।
आज होटल र जीवन बीमाबाहेक अरू सबै समूहको शेयर घटेको छ ।

बजार घटेको दिन दुई सय ६७ वटा कम्पनीका ८२ लाख ७६ हजार कित्ता शेयर तीन अर्ब एक करोड ७० लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै आईएमई जनरल इन्सुरेन्सको १० करोड र हिमालयन ऊर्जा विकास कम्पनीको नौ करोड २१ लाख रुपैयाँको शेयर किनबेच भयो ।

आज समृद्धि फाइनान्स, एचआईडीसीएल र सिभिल लघुवित्त कम्पनीको शेयर छ प्रतिशतभन्दा धेरैले घटेको छ । समग्रमा बजार घटे पनि बाराही हाइड्रो, लुम्बिनी जनरल इन्सुरेन्स, आदर्श लघुवित्त, सूर्या ज्योति लाइफ इन्सुरेन्स र इन्ट्रन हाइड्रोपावर कम्पनीको शेयर १० प्रतिशतले बढेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नेप्सेमा उच्च अंकको गिरावट

काठमाडौँ ।  धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आइतबार पनि ओरालो लागेको

उत्पादन वृद्धि र रोजगारी सृजना गर्ने बजेट ल्याउन अर्थमन्त्रीलाई माओवादीका विभाग प्रमुखहरुको सुझाव

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुनलाई आगामी आर्थिक वर्षको बजेट निर्माण सम्बन्धमा उनको पार्टी

साउनदेखि चैतसम्ममा नेपालगंज नाकाबाट ७० करोडको जडिबुटी निकासी

नेपालगंज । जडिबुटी निकासीको प्रमुख नाकाका रुपमा रहेको नेपालगञ्जबाट नौ महिनामा ७० करोडभन्दा

बागलुङको रायडाँडाका किसान रायोको साग बेचेर लखपति बन्दै

बागलुङ । गाउँबाट खाली फर्केका सवारीसाधन बजारबाट भरिभराउ भएर फर्कन्छन् । गाउँबाट बजार